
काठमाडौं । रवि लामिछाने फेरि पनि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति भएका छन्। रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको हो ।
रास्वपाकाे बैठकले अमेरिकाको नागरिकता परित्याग गरेको निस्सा बुझाएर पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि लामिछानेलाई सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हाे ।
गत शुक्रबार सर्वाेच्च अदालतले पुनः प्रक्रिया पुर्याएर नेपाली नागरिकताको प्रमाणपत्र नलिएको भन्दै लामिछानेको सांसद र उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त गरेसँगै पार्टी सभापतिबाट अगल भएका थिए ।
तर, आइतबार बिहान कार्यालय खुलेसँगै लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अमेरिकाको नागरिकता परित्याग गरेको निस्सा बुझाएका थिए । निस्सा बुझाएको केही समयमै उनले पुन नेपाली नागरिकताको प्रमाणपत्र लिए ।
यसपछि बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले लामिछानेलाई पार्टीको सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।