Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

भोजपुरमा आठ सय मेट्रिक टन बढीले सुन्तला उत्पादनमा वृद्धि



भोजपुर । भोजपुरमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । यहाँ आठ सय ५३ मेट्रिक टन बढी सुन्तला उत्पादन वृद्धि भएको हो । यस वर्ष छ हजार दुई सय ९३ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । गत वर्ष पाँच हजार चार सय ४० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

जिल्लाको सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने भए पनि विशेष गरेर टेम्केमैयुङ गाउँपालिका, भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकामा सुन्तला बढी उत्पादन हुने गर्दछ ।

अन्य बालीका तुलनामा सुन्तला खेतीबाट राम्रो आम्दानी हुने तथा घरैबाट बिक्री हुने भएकाले यसतर्फ कृषकको आकर्षण बढेको कृषि ज्ञान केन्द्र भोजपुरका सूचना अधिकारी विश्वास अङगाईँले बताए । “यस वर्ष भोजपुरमा सुन्तला उत्पादनमा वृद्धि भएको छ”, उनले भने, “मौसम अनुकूल भएकाले सुन्तला राम्रो फलेको देखिन्छ । हामीले पनि किसानलाई प्राविधिक सहयोग गरिरहेका छौँ ।”

उत्पादन भएको सुन्तला प्रतिकेजी रु एक सयदेखि रु एक सय २० मा बिक्री हुँदै आएको छ । जिल्लाभर नौै सय २० हेक्टर क्षेत्रफमा सुन्तला खेतीभएको केन्द्रले जनाएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सेसेल्स । नेपाल आफैमा प्राकृतिक सौन्दर्यताले भरपूर र विश्वको घुम्नैपर्ने देश मध्यको देशमा पर्छ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम