Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

एनआरएनए यूकेद्वारा नि:शुल्क स्वास्थ्य शिविर आयोजना



लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले आइतबार अल्डरसटस्थित आफ्नै कार्यालयमा नियमित स्वास्थ्य शिविर संचालन गरेको छ ।

संघले हरेक महिनाको अन्तिम आइतबार निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।

एनआरएनए यूके स्वास्थ्य विभागका संयोजक डा. विशाल गुरुङको संयोजनमा भएको उक्त शिविरबाट करिब ४ दर्जन वयोवृद्ध बाबाआमा लाभान्वित भएका छन् ।

चिकित्सक र नर्सहरुले वृद्धवृद्धाको ब्लड प्रेसर, हाइट वेट, ब्लड सुगर आदि जांच गरे भने न्यूट्रिसनिष्टबाट खानपिनबारे जानकारी दिइएको थियो । संयोजक डा. गुरुङले अत्यधिक ब्लडप्रेसर भएका बिरामीलाई अस्पतालको इमर्जेन्सीमा कल गरेर उपचार प्रवन्ध गरिएको जनाए ।

शिविरमा डा. विवेक गुरुङ, डा. विशाल गुरुङ, कम्युनिटी साइक्याट्रिस्ट नर्स सुष्मा गुरुङ, न्यूट्रिसनिष्ट धिरज घले, सब्सटयान्स मिसयूज वर्कर मनोविज्ञ सोइङ्ना चोङबाङ, सुजन राई, सल्लाहकार विश्व गुरुङ, युवा संयोजक अनिल मल्ल, ले स्वयंसेवी भूमिका निर्वाह गरेका थिए ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले शिविर सञ्चालन गर्ने संयोजक तथा स्वयंसेवकहरुप्रति आभार व्यक्त गर्दै आगामी महिना हुने अर्को शिविरमा सहभागिताका लागि आग्रह गरेका छन् ।

शिविरबाट नियमित स्वास्थ्य जांच नगरेकालाई रोगको पहिचान हुने र विरामीलाई जिपीमा कनेक्ट गराइने भएकाले यो लाभदायक भएको गाहामगरले बताए ।

यसैबीच, एनआरएनए यूकेले स्थानीय संघसंस्थाको संयोजनमा नेपालको स्याङ्जा जिल्लामा आउंदो फेब्रुअरी १६ देखि २० सम्म आंखा शिविर गर्दैछ । सोका लागि स्वास्थ्य विभागका संयोजक डा. विशाल गुरुङ उता जाने तयारीमा रहेको अध्यक्ष गाहामगरले जानकारी दिए ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम