Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

भारतीय टमाटर भित्रिएपछि लालबन्दीका किसानका टमाटरले बजार पाएन



सर्लाही । गोलभेँडाको उचित मूल्य नपाएपछि लालबन्दीका किसान मर्कामा परेका छन् ।

भारतबाट गोलभेँडा बजारमा भित्रिन थालेपछि जिल्लामा उत्पादित गोलभेँडाले मूल्य पाउँन नसक्दा उनीहरु मर्कामा परेका हुन् । हाल किसानहरुले गोलभेँडा प्रतिक्रेट रू एक सय ५० देखि दुई सय सम्ममा बिक्री गरिरहेका छन् ।

प्रतिकेजी रू छ देखि आठमा बेच्नुपर्दा लागत उठाउन मुस्किल भएको हरिवन नगरपालिका–२, आँमटोलका किसान रामपुकार महतोले गुनासो गरे । “सुरुमा एक क्रेटको रू एक हजार दुई सयसम्म हुन्थ्यो तर अहिले एक सय ५० मा बेच्नु परेको छ”, उनले भने । भारतबाट गोलभेँडा भित्रिदा यहाँका किसान मारमा परेको उनको भनाइ थियो ।

लालबन्दी नगरपालिका–१०, तुलसी टोलका किसान प्रेम श्रेष्ठले क्रेटको रू डेढ सयका दरले बेच्नु पर्दा लागत उठाउन नै समस्या भइरहेको बताए । उनका अनुसार काठमाडौँका व्यापारीले पनि किसानबाट सस्तोमा गोलभेँडा किन्ने गरेका छन् ।

लालबन्दी नगरपालिका–१ नवलपुरका किसान रामचरित्र कुशवाहले १० कठ्ठामा गोलभेँडा खेती गरेका छन् । “बजारमा व्यापारीले भारतीय गोलभेँडा सस्तोमा आइरहेको छ भन्दै हाम्रो गोलभेँडा लिन मानिरहेका छैनन्”, उनले भने ।

खेतमा पाकेका गोलभेँडा तत्काल बिक्री नगरे नष्ट भएर जाने भएकाले किसान व्यापारीले भनेकै मूल्यमा बिक्री गर्न बाध्य छन् । पछिल्लो समय बिचौलिया सक्रिय हुँदा किसान मारमा परेका कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका बजार व्यवस्थापक शम्भुप्रसाद घिमिरेले बताए ।

बजारमा अहिले भारतीय गोलभेँडा धेरै भित्रिएको छ, जिल्लामा पनि धेरै नै उत्पादन हुँदा किसानले उचित मूल्य पाउन नसकेका कृषि थोक तरकारी बजार व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका व्यापारी तोरनबहादुर मगरले बताए ।

जिल्लाको लालबन्दी, रानीगन्ज, पत्थरकोट, चन्द्रपुर, हीरापुर, नवलपुर, अत्रौली, सासापुरलगायतका क्षेत्रमा गोलभेँडाको व्यावसायिक खेती गरिन्छ ।

लालबन्दी बजारबाट अहिले दैनिक २५ देखि ३० टन गोलभेँडा काठमाडौँको कालीमाटीलगायत देशका प्रमुख बजारमा निर्यात भइरहेको कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीले जनाएको छ ।

कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहले कृषि बजार निर्देशनालय, नगरपालिका, व्यापारी र किसानले संयुक्त रुपमा बजार भाउ तोक्नुपर्ने बताउछन् ।
स्थानीय सरकारले बेवास्था गर्दा आफूहरु मर्कामा परेको किसानहरुको गुनासो छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सेसेल्स । नेपाल आफैमा प्राकृतिक सौन्दर्यताले भरपूर र विश्वको घुम्नैपर्ने देश मध्यको देशमा पर्छ

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य रू एक लाख नौ हजार तोकिएको

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम