Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

डोकोमै बोकेर बेचिन् पार्वताले २ लाखको सुन्तला



रेसुङ्गा । गुल्मीकी पार्वता पाण्डेले डोकोमै सुन्तला बेचेर दुई लाख आम्दानी गरेकी छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–४ की पाण्डेले सडक छेउमै बसेर यो समयमा मात्र दुई लाख आम्दानी गरेकी हुन् । मदन भण्डारी राजमार्गको तम्घास–छल्दी सडकखण्ड पश्चिम गुल्मीको मुख्य सडक हो ।

यही सडकखण्ड अन्तर्गतको राँयढुङ्गामा पुस पहिलो सातादेखि माघ दोस्रो सातासम्म डोकोमै सुन्तला बेचेर सोही रकम कमाएको उनको भनाइ छ । उनले विगत सात वर्षदेखि पुस र माघ महिनामा सुन्तला बेचेर प्रत्येक वर्ष रु दुई लाख आम्दानी गर्दै आएकी छन् । न्यूनतम प्रतिकिलो ८० देखि अधिकतम दुई सय सम्ममा पाण्डेले सुन्तला बिक्री गर्छिन् ।

“सुन्तलाको बजारीकरणमा कुनै पनि समस्या छैन”, उनले भनिन् “सवारीमा आवतजावत गर्नेले रोकिएर सुन्तला किनेर जानुहुन्छ ।” पाण्डे सुन्तला बिक्रीको लागि घरदेखि १५ मिनेट पैदल हिँडेर राँयढुङ्गामा आउछीन् । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सुन्तला बिक्री गर्छिन् स्थानीय जातको रसिलो सुन्तला भन्दै किन्ने पनि सन्तुष्ट भएर जाने गरेको पाण्डेले बताइन् ।

उनले सडक छेउमा आएर सुन्तला बेच्न थालेको सात वर्ष भयो । सजिलै घरेलु उत्पादनको बजारीकरण गरेर आम्दानी गरिरहेको उनीसँग अनुभव छ । पाण्डेले सामान्य प्रकारको जीविकोपार्जनका लागि विदेशकै बाटो रोज्नु गलत भएको बताउछीन् । उनका श्रीमान् नारायण पनि सुन्तला खेती र भैँसी फार्ममा व्यस्त छन् । उनीहरुको फार्ममा १५ वटा भैँसी छन् । जसबाट दैनिक ३५ लिटर दूध जिल्लाको सदरमुकाम तम्घास बजारमा बेच्दै आएका छन् । रासस

file photo


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ

सेसेल्स । नेपाल आफैमा प्राकृतिक सौन्दर्यताले भरपूर र विश्वको घुम्नैपर्ने देश मध्यको देशमा पर्छ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम