Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

आत्मदाह घटनाबारे न्यायिक आयोग गठनको माग



काठमाडौँ । प्रतिनिधिसभा बैठकमा केही दिनअघि नयाँ बानेश्वरमा प्रेमप्रसाद आचार्यले आत्मदाह गरेको घटनाको सम्बन्धमा छानबिन गर्नुपर्ने माग उठेको छ । प्रतिनिधिसभाको आजको विशेष समयमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का प्रकाश ज्वालाले आचार्यको आत्मदाहको घटनाका बारेमा छानबिन गर्न न्यायिक आयोग गठनको माग गरे ।

यसैगरी, जनता समाजवादी पार्टी नेपालका राजकिशोर यादवले आचार्यको आत्मदाहको विषयमा संसद्मा केही विशेष प्रस्ताव आउनुपर्नेमा आउन नसक्नु दुःखद् भएको भनाइ राखे । बैठकमा नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठले निर्दोष थारु बन्दीका लागि आफ्ना पार्टीले निरन्तर आवाज उठाए पनि रिहाइ हुन नसकेको दुःखेसो गरिन् ।

नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले वीर अस्पतालमा आइसियु शय्या नभएर जनताले निजी अस्पतालमा चर्को मूल्य तिर्न बाध्य भएको हुँदा उक्त अस्पतालमा आइसियुको शय्या थप गर्न आग्रह गरे । स्वतन्त्र सांसद प्रभु साहले कालोबजारी नियन्त्रण गर्ने, नापतौल हेर्ने र गुणस्तर कायम गर्ने निकाय भए पनि त्यसको काम प्रभावकारी हुन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सेसेल्स । नेपाल आफैमा प्राकृतिक सौन्दर्यताले भरपूर र विश्वको घुम्नैपर्ने देश मध्यको देशमा पर्छ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम