
काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर काराेबार रकम उल्लेख्य घटेकाे छ । बुधबार २६१ कम्पनीको कारोबार भएकोमा ५० लाख २४ हजार ३८१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७६ कराेड रूपैयाँकाे मात्रै काराेबार भयाे ।
यसअघि मंगलबार कुल २ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएकाे थियाे । बुधबारकाे काराेबार रकम याे महिनाकै सबैभन्दा कम हाे ।
सेयर विश्लेषक बजारमा लगानीकर्ताकाे विकर्षण आउँदा काराेबार रकम घटेकाे बताउँछन् ।
काराेबार रकम घटेपनि बुधबार नेप्से परिसूचक ४.९७ अंकले उकालो लागेकाे छ । निरन्तरकाे ओरालो पछि ४.९७ अंकले बढ्दै बजार २११६.६५ विन्दुमा आएर राेकिएकाे छ ।
बुधबार ११० कम्पनीमा उकालो लागेको छन् भने ९३ कम्पनी ओरालो लागेका छन् । साथै १३ कम्पनीको अवस्था स्थीर रहेको छ ।
यस्तै, नवील बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । यस बैंकको करिब ६ करोड रुपैयाँको सेयर बिक्री भएको छ। साथै, रिडी पावर कम्पनीको ४ करोड ९२ लााखभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ ।
यस्तै, आदर्श लघुवित्त बित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।