back

संसदमा गगनको प्रश्न– किसानले अप्रिय निर्णय नगरेसम्म कुर्ने हो ?

वि.सं.२०७९ माघ १८ बुधवार

333 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले सरकारले किसानलाई क्षतिपूर्ति बापत दिनुपर्ने रकम नदिएको भन्दै आपत्ति जनाएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद थापाले बर्डफ्लू न्यूनीकरणका लागि सरकारले किसानहरुको कुखुरा फर्म नष्ट गर्दा दिनुपर्ने निर्णय गरेको ५८ करोड नदिएको भन्दै आपत्ति जनाएका हुन् ।

सरकारले बर्ड फ्लुको जोखिम न्यूनीकरण गर्न उनीहरूको कुखुरा फार्म नष्ट गरेको भन्दै उनीहरूलाई त्यसबाट भएको क्षतिपूर्ति सरकारबाट भराउन माग गरे।

‘यिनले पाउने क्षतिपूर्ति ५८ करोड छ। सरकार दिन्न भन्दैन। दिन्छु भन्छ तर झुलाउँछ। किनकि सरकारलाई भ्याइनभ्याइ छ। तर बैंकले यिनलाई अठ्याउँछ,’ सांसद थापाले सरकारलाई प्रश्न गरे, ‘के यिनीहरूले अप्रिय निर्णय नगर्नेबेलासम्म कुर्ने हो ? अनि अप्रिय निर्णय गरिसकेपछि आँशु बगाउँदै सहानुभूति प्रकट गर्दै छानबिन गर्न समिति बनाउने हो कि ?’

यस्तो निर्णय नहोस् भन्नका लागि ऋणले थिचिएका यी साना किसानहरूलाई जोगाउन सरकारले दिन्छु भनेको, दिनैपर्ने निर्णय गरेको ऋणबापतको रकम नझुलाउन सभामुखसमक्ष माग गरे।

वि.सं.२०७९ माघ १८ बुधवार १७:४६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
पहिराेले देवीघाट-गल्छी सडक अवरुद्ध, सडक खुलाउन प्रयास जारी

पहिराेले देवीघाट-गल्छी सडक अवरुद्ध, सडक खुलाउन प्रयास जारी

त्रिशूली (नुवाकोट) । अविरल वर्षासँगै खसेको पहिराले गल्छी-रसुवागढी सडक योजनाअन्तर्गतको...

आज सपथ लिँदै बागमतीका नवनियुक्त मुख्यमन्त्री लामा

आज सपथ लिँदै बागमतीका नवनियुक्त मुख्यमन्त्री लामा

काठमाडौं । बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले आज शपथ...

कर्णालीसहित पाँच प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

कर्णालीसहित पाँच प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

नेपालको सहज लक्ष्यप्राप्तिमा इजिप्टले सघाउने

नेपालको सहज लक्ष्यप्राप्तिमा इजिप्टले सघाउने

काठमाडौँ । नेपालका लागि अरब गणतन्त्र इजिप्टका राजदूत नोहा एलगेब्लीले...

एम्बुलेन्समा अब एउटै रङ, साइरन र अन्य सङ्केत एउटै हुनुपर्ने

एम्बुलेन्समा अब एउटै रङ, साइरन र अन्य सङ्केत एउटै हुनुपर्ने

काठमाडौँ । सरकारले देशभरका एम्बुलेन्सको रङ, साइरन र अन्य सङ्केतमा...

डेङ्गुबाट कसैले पनि ज्यान गुमाउनु नपर्ने स्वास्थ्यमन्त्रीको भनाई

डेङ्गुबाट कसैले पनि ज्यान गुमाउनु नपर्ने स्वास्थ्यमन्त्रीको भनाई

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले डेङ्गुबाट कसैले पनि...