Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

सांसद ऐनबहादुर शाहीद्धारा मुगुका बाढीपीडितलाई राहत र पुर्नबासको माग



काठमाडौं । मुगु जिल्लाबाट प्रतिनिधि सभामा निर्बाचित सांसद ऐनबहादुर शाहीले मुगु जिल्लाका सम्पूर्ण बाढी पहिरोपीडित परिवारलाई तत्काल सरकारले राहत तथा पूर्नबासको ब्यवस्था गरिदिन माग गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहीले मुगु जिल्लाका बाढीपहिरो पीडित परिवारको अबस्था नाजुक रहेको र हिउँदको कठयाङग्रीदो जाडोमा पनि त्रिपालमा रात बिताउनु पर्ने अबस्थाले बिरामी परेको भन्दै सरकारले तत्काल पूर्नबास तथा राहतको ब्यवस्था मिलाई दिनपर्ने माग गरेका छन् ।

गत असोज १९ देखि २३ गते सम्मको भीषण बाढी पहिरोले अन्नबालीको क्षति बनाएको भौतिक संरचना भत्काएको र घर भत्किदा चौरमा त्रिपालमुनि बस्नुपर्ने अबस्था दयनिय भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

संसद बैठकमा शाहीले भने, ‘मुगुका बाढीपीडित परिवारको बस्ने घर छैन । खाने गाँस छैन गत असोजदेखि त्रिपालमै रात बिताइरहेका छन् ।’
सोरु, खत्याड, मुगुमकार्मारोङ र छायाँनाथ रारा नगरपालिकाभित्र भिषण बाढीले झोलुंङ्गे पुल, सिचाई कुलो, खानेपानी बगाउनुका साथै बाटो–सडकहरु क्षतविक्षत बनाएको बताए । सरकारले तत्काल उक्त भौतिक संरचनाहरु पुर्ननिर्माण गरिदिन सांसद शाहीको माग छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ

सेसेल्स । नेपाल आफैमा प्राकृतिक सौन्दर्यताले भरपूर र विश्वको घुम्नैपर्ने देश मध्यको देशमा पर्छ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम