
युक्रेन । युक्रेनले यस हप्ता किएभमा युरोपेली सङ्घसँग शिखर सम्मेलन गर्ने घोषणा गरेको छ ।
सम्मेलनले युद्धबाट पीडित राष्ट्रलाई सङ्घको सदस्यताको नजिक ल्याउने आशा व्यक्त गरेको छ । रुसले आक्रमण गरेको करिब एक वर्षपछि यो घोषणा आएको छ । राष्ट्रका नाममा आफ्नो साँझको सम्बोधनमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शुक्रबारको शिखर सम्मेलनले किएभले लामो समयदेखि सामेल हुन खोजेको २७ सदस्यीय समूहसँग उच्च ‘सहयोग र प्रगति’ प्रतिबिम्बित गर्ने आशा व्यक्त गरेका छन् ।
‘हामी युक्रेनको लागि समाचार पर्खिरहेका छौँ,’ जेलेन्स्कीले भने, युक्रेनको राजधानीमा हुनलागेको शिखर सम्मेलनले साझेदार र शत्रु दुवैलाई शक्तिशाली सङ्केत दिएको प्रधानमन्त्री डेनिस स्मिगलले बताएका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सीमा पार गर्दै रुसी सेना पठाएको केही महिनापछि युक्रेनले गत वर्ष जुनमा ईयू उम्मेद्वारको हैसियत पाएको थियो । युरोपेली सङ्घको तर्फबाट शिखर सम्मेलनमा को–को सहभागी हुनेछन् भन्ने विवरण भने दिइएको छैन । (रासस÷एएफपी) ः