Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

ढुवानीका क्रममा ट्रकबाट खसेको ‘रेडियोएक्टिभ क्याप्सुल’ भेटियो



पर्थ, अस्ट्रेलिया । सानो तर खतरनाक ‘रेडियोएक्टिभ क्याप्सुल’ २२ दिनपछि बुधबार भेटिएको पश्चिमी अस्ट्रेलियाका अधिकारीहरूले बताएका छन् ।

गत महिना अस्ट्रेलियामा एक हजार चार सय किलोमिटर (आठ सय ७० माइल) लामो दुर्गम राजमार्गमा ढुवानीका क्रममा ट्रकबाट खसेको ‘रेडियोएक्टिभ क्याप्सुल’ ‘ग्रेट नर्दन हाइवे’मा रहेको ‘न्युम्यान माइनिङ टाउन’को दक्षिणमा फेला परेको हो ।

अधिकारीहरूका अनुसार केराउको दानाको आकारको क्याप्सुल खोजीका लागि पठाइएको प्रतिघण्टा ७० किलोमिटर रफ्तारमा यात्रा गरिरहेको सवारी साधनमा रहेको विशेषज्ञ उपकरणले क्याप्सुलबाट उत्सर्जित विकीरणको सङ्केत गरेपछि उक्त राजमार्गको सडक छेउमा अधिकारीहरूले क्याप्सुलको खोजी गरेका थिए ।

सानो खोज उपकरणहरूको सहायतामा सडकको किनारदेखि करिब ६.५ फिट (दुई मिटर) टाढाबाट क्याप्सुललाई सुरक्षितरूपमा उठाइएको छ ।

“यो एक असाधारण परिणाम हो,” आपतकालीन सेवामन्त्री स्टिफन डसनले भने । उनीहरूले ‘परालको थुप्रोमा सियो’ फेला पारेका छन् ।”

प्रमुख स्वास्थ्य अधिकारी एन्डी रोबर्टसनले उक्त क्याप्सुल खसेको स्थानबाट चलाइएको वा आफैँ पनि चलेकोजस्तो नदेखिएको बताएका छन् ।

यसमा सामान्यतया विकीरण गेजहरूमा प्रयोग गरिने ‘सिजियम एक सय ३७ सेरामिकको मात्रा हुन्छ । यसले एक घण्टामा १० एक्स–रेबाट निस्कने विकीरणका खतरनाक मात्रा उत्सर्जित गर्दछ । विकीरणका कारण छालामा पोल्ने र लामो समयसम्म सम्पर्कमा रहँदा क्यान्सर हुनसक्ने वैज्ञानिकहरूले बताएका छन् ।

खोजी टोलीले राजमार्गको सम्पूर्ण लम्बाइमा छ दिन लामो खोजीपछि हराएको क्याप्सुल भेटेका हो ।

क्याप्सुलको आकार आठ मिलिमिटर रहेको छ । क्याप्सुल ट्रकबाट कसरी खस्यो भन्नेबारे सरकारी अनुसन्धान सुरु गरिएको छ र यसको रिपोर्ट स्वास्थ्यमन्त्रीलाई उपलब्ध गराइनेछ ।

रक्षा अधिकारीहरूले सुरक्षाका लागि लिड कन्टेनरमा राखिएको क्याप्सुलको पहिचानको पुष्टि गरिरहेका थिए । यसलाई पर्थ सहरको स्वास्थ्य संस्थामा लैजानुअघि न्युम्यानमा सुरक्षित स्थानमा भण्डारण गरिनेछ ।

गत जनवरी १० मा मरुभूमिको एक खानी स्थलबाट पर्थ लैजाने क्रममा उक्त क्याप्सुल हराएको थियो । क्याप्सुल बोक्ने ट्रक जनवरी १६ मा पर्थ डिपोमा आइपुगेको थियो । आपतकालीन सेवाहरूलाई जनवरी २५ मा क्याप्सुल हराएको सूचना दिइएको थियो । (रासस÷एपी)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम