
याङ्गुन । म्यान्मारको सैन्य सरकारले देशमा जारी रहेको सङ्कटकालीन अवस्थालाई थप छ महिनाका लागि बढाइएको जानकारी गराएको छ ।
देशको सङ्कटकालीन अवस्थालाई थप छ महिना लम्ब्याउन राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले बुधबार सहमति जनाएको हो ।
सन् २०२१ को फेब्रुअरीमा आङ सान सुकीको सरकार अपदस्थ भएपछि घोषणा गरिएको आपतकालीन अवस्था लम्ब्याउन सैन्य सरकार (जुन्ता) प्रमुख मिन आङ ह्लाइङले गरेको आग्रहलाई स्वीकार गरिएको सरकारी प्रसारक एमआरटीभीले जनाएको छ ।
म्यान्मामा दुई वर्ष पहिले भएको सैन्य ‘कू’ पछि जुन्ता सरकारविरूद्ध देशभर भएका प्रदर्शनमा करिब दुई हजार सात सय व्यक्तिको मृत्यु भएको छ भने सयौैँ नागरिकलाई राष्ट्रविरोधी गतिविधि गरेको आरोपमा पक्राउ गरी थुनामा राखिएको छ । (रासस/सिन्ह्वा)