Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

‘मिष्टर ग्लोवल’ मा भाग लिनका लागि नूतन उडे थाइल्याण्ड



काठमाडौँ । ‘मिष्टर नेपाल वल्र्ड’ विजेता नूतन श्रेष्ठ थाइल्याण्ड उडेका छन् ।

थाइल्याण्डमा आयोजना हुने ‘मिष्टर ग्लोवल’ मा नेपालको प्रतिनिधित्व गर्न उनी बुधबार साँझ थाइल्याण्ड उडेका हुन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा बिदाई गर्न आयोजक नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमला लगायत पुगेका थिए ।

‘मिष्टर ग्लोवल’ को उपाधि नेपाल भित्र्याउने लक्ष्य सहित प्रतियोगीतामा आफु सहभागी हुन लागेको श्रेष्ठले बताए ।

श्रेष्ठलाई नेक्स्ट मोडल्स नेपालले उक्त प्रतियोगीतामा पठाएको हो । यो बर्ष ‘मिष्टर वल्र्ड’ आयोजना नहुने भएकोले श्रेष्ठलाई ‘मिष्टर ग्लोवल’ मा पठाइएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए ।

फेब्रुअरी २ (आज) देखि १२ तारिकसम्म थाइल्याण्डमा आयोजना हुने प्रतियोगितामा उनी नेपाली कला संस्कृति सहित सहभागी हुनेछन् ।
करिब ६० बढी देशका पुरुषहरुको सहभागीता रहने ‘मिष्टर ग्लोवल’ प्रतिष्ठित सौदर्य प्रतियोगिता मान्निन्छ ।

श्रेष्ठ ‘मिष्टर नेपाल वल्र्ड २०२२’ का विजेता पनि हुन् । ‘मिष्टर नेपाल’ पुरुषहरु सहभागी हुने नेपालकै प्रतिष्ठित र ठुलो प्रतियोगिता हो । २६ बर्षका श्रेष्ठले ३५ प्रतिप्रर्धिलाई पछि पार्दै उपाधि चुमेका थिए ।

‘मिष्टर ग्लोवल’ को उपाधि नेपाल भित्र्याउने लक्ष्य सहित प्रतियोगीतामा आफु सहभागी हुन लागेको श्रेष्ठले बताए ।

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सेसेल्स । नेपाल आफैमा प्राकृतिक सौन्दर्यताले भरपूर र विश्वको घुम्नैपर्ने देश मध्यको देशमा पर्छ

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य रू एक लाख नौ हजार तोकिएको

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम