Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

फाबरका किचन एप्लाएन्सेस खरिदमा विशेष छुट अफर



काठमाडौं । किचन चिम्नी निर्माता कम्पनी फाबरले आफ्नो घरका लागि अत्याधुनिक प्रविधिमा निर्मित र उच्च गुणस्तरका किचन एप्लाएन्सेस खरिदमा छुट अफर ल्याएको छ । कम्पनीले नेपाली ग्राहकहरुलाई आफ्ना तीनवटा एरोस्टेसन चिम्नीहरुमा ३० प्रतिशतसम्म छुट दिने घोषणा गरेको हो ।

सुरक्षित, स्टाइलिस र फंक्सनल चिम्नीका साथसाथै ग्राहकहरुले १.५ लिटरको २,४५० मूल्य बराबरको फाबर इलेक्ट्रिक वाटर केटल पनि पाउने कम्पनीले जनाएको छ ।

यो अफर एरोस्टेसन स्पार्कल प्रो थ्रीडी टिसी एबी ९०, एरोस्टेसन स्टार प्रो थ्रीडी टिसी एबी ९० र एरोस्टेसन ग्लासी थ्रीडी पीबी ९० मा उपलब्ध छ । यसैगरी, कम्पनीले माथि उल्लिखित एरोस्टेशन चिम्नी र नेक्सस हब कुकटप हाइब्रिडहरु (नेक्सस ८०३ वा नेक्सस ६०३) को संयुक्त खरिदमा ११,००० बराबरको फाबर मिक्सर ग्राइन्डर पनि निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ ।

इटालियन ब्रान्ड फाबर भान्साको चिम्नी बनाउने विश्वकै अग्रणी हो र अझै पनि गुणस्तर र उत्पादन मात्रामा नम्बर एक रहेको छ । ८ राष्ट्र र ३ महादेशमा पहिले देखि नै रहेको फाबर नेपालमा सबैभन्दा छिटो रुचाइएको घरेलु एप्लाएन्सेस ब्रान्ड मध्ये एक हो । युएचएस होल्डिङ्स प्रा. लि. नेपालमा फाबरको आधिकारिक आयातकर्ता र वितरक हो। किचन हुड र चिम्नी बाहेक यस कम्पनीले कुकटप, डिसवासर, ओभन, कुकिङ रेन्ज, हब, साना घरायसी सामाग्री र फेबरका अन्य लोकप्रिय उत्पादनहरु पनि उपलब्ध गराउँछ ।

युएचएस होल्डिङ्स नेपाली आर्किटेक्चरल र निर्माण उद्योगको आवश्यकता बीचको खाडल पुरा गर्नमा केन्द्रित छ ।

यो कम्पनी बाथरुम, भान्छा, फ्लोरिङ, सिलिङ र रेलिङ फर्निचर, उपकरण, र हार्डवेयर समाधानमा व्यावसायिक र आवासीय समाधानको कार्यक्षेत्रमा दक्ष छ । अन्तर्राष्ट्रिय उत्पादकहरुसँगको साझेदारीमा यस कम्पनीले ग्राहकहरुका लागि समकालीन डिजाइन र उत्कृष्ट कार्यक्षमता सहितको ब्रान्डेड उत्पादनहरु उपभोक्ता माझ उचित मूल्यमा उपलब्ध गराउँदछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ

सेसेल्स । नेपाल आफैमा प्राकृतिक सौन्दर्यताले भरपूर र विश्वको घुम्नैपर्ने देश मध्यको देशमा पर्छ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम