Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

भिभोद्वारा वाई ०२ मोवाइल सार्वजनिक, के–के छन् त विशेषता ?



काठमाडौं । अग्रणी विश्वव्यापी टेक्नोलोजी ब्रान्डले भिभोले वाई सिरिजमा नयाँ मोडल वाई ०२ सार्वजनिक गरेको छ ।

यो नयाँ स्मार्टफोनले युवा ग्राहकहरूलाई सुलभ मूल्य दायरामा नवीन तथा सुविधायुक्त विशेषताहरू प्रदान गर्ने कम्पनीको दाबी छ ।

वाई ०२ मा दिनभरिका कामहरू सहजै पूरा गर्न लामो समयसम्म चल्ने ५ हजार एमएएच विशाल ब्याट्री, पर्याप्त स्टोरेजका लागि २ जीवी ¥याम प्लस ३२ जीवी रोम तथा सुन्दर तथा आकर्षक डिजाइन रहेको छ । यो स्मार्टफोनको मूल्य १२ हजार ४९९ तोकिएको छ ।

वाई ०२ मा ६.५१ इन्चको एजडी प्लस डिस्प्ले रहेको छ र इमर्सिभ तथा रमाइलो दृश्यको सहज अनुभवका लागि आई प्रोटेक्शन मोड पनि रहेको छ । यसको २.५ डी स्लिम बडी डिजाइनले यसलाई आकर्षक बनाउनका साथै हातमा बोक्दा पनि आरामदायी बनाउँछ । यो स्मार्टफोन दुई सुन्दर रंगहरू – कस्मिक ग्रे र अर्किड ब्लूमा उपलब्ध छ ।

वाई ०२ सार्वजनिक गरेको अवसरमा भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माईकलले भने, ‘युवा उपभोक्ताहरूलाई लक्षित गरी वाईसिरिजले बजारमा आफूलाई सबैभन्दा लोकप्रिय स्मार्टफोन सिरिजहरू मध्ये एकको रूपमा स्थापित गरेको छ । वाई सिरिज युवा ग्राहकहरूका लागि लक्षित गरिएको छ जो आफ्नो व्यस्त जीवनशैलीलाई निरन्तरता दिन स्मार्टफोनहरूमा निर्भर पर्छन् ।’ वाई ०२ मा ८ एमपी रियर क्यामेरा तथा ५ एमपी फ्रन्ट क्यामेरा रहेको छ जसले प्रयोगकर्ताहरूको क्यामेरा अनुभवलाई सुधार गर्ने कम्पनीको विश्वास रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सेसेल्स । नेपाल आफैमा प्राकृतिक सौन्दर्यताले भरपूर र विश्वको घुम्नैपर्ने देश मध्यको देशमा पर्छ

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य रू एक लाख नौ हजार तोकिएको

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम