Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

आदर्श लघुवित्तले लगानीकर्तालाई २० प्रतिशत बोनस शेयर दिने



काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई आकर्षक बोनस शेयरको प्रस्ताव गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई २० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो ।

लघुवित्तको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । २०७९ साल असार मसान्तमा कायम चुक्ता पुँजी २ करोड ७ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने ४१ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने छ ।

यस्तै, बोनस शेयरको कर प्रयोजनका लागि भन्दै लघुवित्तले १.०५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ८९४ रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने छ । कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण हुनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ

सेसेल्स । नेपाल आफैमा प्राकृतिक सौन्दर्यताले भरपूर र विश्वको घुम्नैपर्ने देश मध्यको देशमा पर्छ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम