Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

बेल्जियमबाट आचार्य भन्छन्–रविले गृहमन्त्रालय माग्नु नैतिक र कानुनी दुवैकोणबाट गलत छ



बेल्जियम । लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियानका युरोप सल्लाहकार, अभियानको बेल्जियम च्याप्टरका पूर्वसभापति तथा सामाजिक अभियन्ता दामोदर आचार्यले नागरिकता विवाद किनारा नलाग्दै रवि लामिछानेले गृहमन्त्रालय माग्नु नैतिक र कानुनी दुवैकोणबाट गलत रहेको बताएका छन् ।

यसले सरकारका नेतृत्वकर्ता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समेत धर्म संकटमा पारेको भन्दै अभियन्ता आचार्यले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले दोहोरो राहदानी प्रयोग गरेको र नागरिकता बारेको विवाद कायम रहेको अवस्थामा त्यस विषयमा अध्ययन अनुसन्धान गर्ने गृहमंत्रालयको जिम्मेवारी लिनु नै उपयुक्त नभएको बताएका छन् ।

आचार्यले नागरिकता विवाद रहेका लामिछानेलाई गृहको जिम्मेवारी दिइएकोमा प्रधानमंत्रीको समेत जनमानसमा आलोचना र टिकाटिप्पणी भइरहेको बताएका छन् ।

आचार्यले भनेका छन्,
‘सरकार गठनको समय २ महिना पनि नपुग्दै सत्ता साझेदार दलहरू बीचको आपसी टकराव डिलमा पुगेको छ । राजनीतिमा अपराधिकरण र अपराधिकरणमा राजनीति फष्टाउनु शुभ संकेत हुन सक्दैन । विडम्बनापूर्ण छ, यस्तै प्रकरणहरूले जेलिएको छ हाम्रो देश नेपालको राजनीति ।

आ–आफ्ना स्वार्थहरूका कारण कसैले केहि समय धैर्य गर्न पनि नसक्ने प्रकृतिको सत्ता लिप्सा त कसैको मन्त्रिपरिषदमा रहेर पनि संघियता, गणतन्त्र विरोधी र हिन्दु राष्ट्र र राजतन्त्रको पक्षमा वकालत गर्न पाउनु पर्ने अडान त कसैको हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तलाई अविलम्ब रिहाई गर्नुपर्ने शर्त छ भने अर्का फरार अभियुक्त सांसदलाई प्रहरीले भर्खरै पक्राउ गरेकोमा असंतुष्ट छ । कसैलाई भावी राष्ट्रपति निर्वाचनमा आफ्नो दलको उम्मेदवार मै राष्ट्रिय सहमति हुनूपर्ने लगायतका अडानका कारण प्रधानमन्त्री यसबेला देश र जनहितको पक्षमा काम गर्न कम्मर कसेर लाग्नुपर्ने समयमा कसरी यो सरकारलाई भत्किनबाट जोगाउने भन्ने विषयमा केन्द्रीत हुन पुग्नुभएको छ । यो हामी सबैका लागि अशुभ संकेत हो ।

वास्तवमा नागरिकता र दोहोरो राहदानी विवादमा मुछिएका रास्वपाका सभापति सत्ता गठबन्धनभित्र मात्र नभई धेरैले आशा गरेका राजनीतिका नव प्रवेशी रवि लामिछानेले स्वार्थ बाझिने गृहमंत्रालयमा नै हठ् गरेपछि गृहको जिम्मेवारी सुम्पन प्रधानमंत्री प्रचण्ड सहमत हुनू भएको थियो ।

रविजीले दोहोरो राहदानी प्रयोग गरेको र नागरिकता बारेको विवाद कायम रहेको अवस्थामा त्यस विषयमा अध्ययन अनुसन्धान गर्ने गृहमंत्रालयको जिम्मेवारी लिनु नै उपयुक्त थिएन । गृहको जिम्मेवारी दिइएकोमा प्रधानमंत्रीको समेत जनमानसमा आलोचना र टिकाटिप्पणी भइरहेको छ ।

जब सर्वोच्च अदालतले नेपाली नागरिकता सम्बन्धि मुद्दामा सफाई नदिएर उपप्रधान तथा गृहमंत्री पदबाट मात्र नभई सांसद पदबाट समेत रविजीलाई पदमुक्त गरिदियो तब मात्र रविजीले नेपाली नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा निवेदन दिनुभयो । र हतार हतार नागरिकता लिएर पुनः रास्वपाको सभापतिमा चुनिनुभयो ।

नागरिकताको विषयको सर्वोच्च अदालतको पूर्ण पाठ आउन नै बाकी रहेको अवस्था र उहाँको दोहोरो राहदानी प्रयोग विषयको अध्ययन अनुसन्धान गृहमंत्रालयले निष्कर्षमा नपुर्याउदैको अवस्थामा रविजीले पुनः गृह मंत्रालयको जिम्मेवारी ग्रहण गर्नु नैतिक र कानुनी दुबै कोणबाट उचित होईन ।

रविजीले अहिले संयमित र धैर्य गरेर उप निर्वाचनसम्म पर्खिनु पर्दछ । गृहमंत्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई नदिएमा सरकारलाई दिएको समर्थन फिर्ता गर्ने भन्ने अल्टीमेटम दिनु अहिलेको आवश्यकता होईन । यो समर्थन कायमै राखेर रविजीले बाहिरबाट सरकारलाई सकेको सहयोग पुर्याउनू चाहि मूख्य दायित्व हो । नत्र तपाईहरू र अन्य पार्टीहरूमा के नै फरक देखिन्छ र आम जनसमुदायमा । हो, तब समाजमा तपाईहरू प्रति जनविश्वास बढ्छ । रविजीले उप निर्वाचनमा पहिलेको भन्दा बढी मतले विजयी हुनू हुनेछ ।

यसैमा रवि जी, राष्ट्रिय स्वतन्त्र पार्टी र तपाईहरूको पार्टीप्रति परिवर्तनको ठूलो आशा र अपेक्षा गरेका स्वदेश र विदेशमा रहनुभएका आम नेपाली जनसमुदायको हित हुनेछ ।

अन्त्यमा, उप निर्वाचन अगावै गृहमंत्रालयले उनको विवादित दोहोरो राहदानी प्रयोग विषयको न्याय निरूपण पनि गरिसक्नुपर्दछ ।’

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम