Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

राहत पाउँदा पहिरोपीडित खुसी



मुगु । गत असोजमा अविरल वर्षासँगै आएको बाढीपहिरो प्रभावित परिवारले राहत पाउँदा खुसी भएका छन् ।

बाढीपहिरोमा परी घर तथा खेतबारी गुमाएका छायाँनाथ रारा नगरपालिका–८ का पीडित परिवारले आज राहत पाउँदा खुसी भएका हुन् ।

टेवा नेपाल काठमाडौँको आर्थिक सहयोग र महिला अधिकार केन्द्र मुगुको समन्वयमा पीडित ३० परिवारलाई प्रतिघर ३० केजी चामल, दुई केजी दाल, एक पाकेट नून, डसना, फाइबर सिरक र तन्नालगायतका सामाग्री वितरण गरिएको महिला अधिकार केन्द्र मुगुका अध्यक्ष सुकमाया शाहीले जानकारी दिइन् ।

माघको जाडोमा खाद्यान्न र न्यानो ओढ्नेओछ्याउने कपडा पाएपछि विष्टवाडा गाउँका स्थानीय खुसी छन् ।

“गत असोज १८ देखि २३ सम्म परेको अविरल वर्षाका कारण गाउँमा कसैका घर भत्किए, कसैका चर्किए, खेतगरामा पाक्न लागेका अन्न सबै बगायो । त्यस बेलादेखि घर बाहिर नै बस्दै आएका छौँ”, स्थानीय लोकबहादुर विष्टले भने ।

उनका अनुसार छिमेकी तथा नगरपालिकाले गरेको सहयोगमा जीविकोपार्जन गर्दै आएका स्थानीयले आज न्यानो कपडा र खाद्यान्न राहत पाएका हुन् ।

स्थानीय रमिला रावलले ठुलो परिवारलाई जीविकोपार्जनमा समस्या भएको भन्दै सरकारले घर निर्माणमा सहयोग गर्नुपर्ने बताइन् ।

छायाँनाथ राराका बासिन्दा मात्र होइन जिल्लाभरिका बाढीपहिरो पीडित परिवार सरकारले घर निर्माण तथा गरा सुधारमा सहयोग गर्नुपर्ने बताउछन् ।

सरकारले मुगु लगायत साविक कर्णालीलाई संकटग्रस्त जिल्ला घोषणा गरी पुनर्निर्माणका लागि पीडित परिवारको तथ्याङ्क सङ्कलन गरिरहेको वडा नं ८ का वडाअध्यक्ष कर्णबहादुर रावलले बताए ।

उनले तथ्याङ्क सङ्कलन गर्ने नगरपालिकाका कर्मचारीहरुलाई क्षति र हालको अवस्थाबारे वास्तविक तथ्याङ्क उपलब्ध गराउन पीडित परिवारलाई आग्रह गरे ।

वर्षासँगै आएको बाढीपहिरोले यहाँका चार वटै पालिकामा करोडाँैको क्षति पु¥याउनुका साथै आठ जनाको ज्यान समेत गएको थियो ।

जग्गा मात्र बगाएका परिवार घरमा फर्किए पनि घरजग्गा दुवै गुमाएका परिवार भने अहिले पनि खुला चौरमा पालभित्र बस्दै आएका छन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम