Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

बीमा शुल्क आर्जनमा नेपाल लाइफ अगाडी, कुन कम्पनीको कति (सूचिसहित)



काठमाडौं । नेपालमा जीवन बीमा कम्पनीहरुले पुस मसान्तसम्ममा १४ अर्ब १७ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार बीमा कम्पनीहरुले पुस एक महिनामा मात्रै २ अर्ब ९० करोड रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेका छन् ।

जुन पछिल्लो एक महिना अर्थात् मंसिरसम्मको तुलनामा ३४ प्रतिशतले बढी हो । गत मंसिर महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले २ अर्ब १५ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए । मंसिरको तुलनामा पुस महिनामा जीवन बीमा कम्पनीहरुले नयाँ व्यवसायमा उल्लेख्य सुधार गरेका छन् ।

पुस महिनासम्ममा कुल बीमा शुल्क आर्जन भने ७१ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । मंसिर महिनासम्ममा कुल बीमा शुल्क आर्जन ५९ अर्ब ५१ करोड रुपैयाँ थियो । यसरी पुस एक महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले कुल १२ अर्ब १३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

बीमा शुल्क आर्जनमा नेपाल लाइफ अगाडी

पुस महिनासम्ममा सर्वाधिक बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफको अग्रता कायमै छ । नेपाल लाइफ २ अर्ब ५८ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । जवकी कम्पनीले पुस एक महिनामा मात्रै भने ४४ करोड ४२ लाख रुपैयाँ मात्रै आर्जन गरेको देखिन्छ । दोस्रो नम्बरमा रहेको नेशनल लाइफले समिक्षा अवधिमा एक अर्ब ६२ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दा पुस एक महिनामा मात्रै भने २९ करोड ३० लाख रुपैयाँ छ ।

तेस्रो नम्बरमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसनले समिक्षा अवधिमा एक अर्ब १२ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दा पुस एक महिनामा मात्रै भने २९ करोड ६ लाख रुपैयाँ मात्रै छ । त्यस्तै चौथो नम्बरम रहेको सन नेपाल लाइफले पुस महिनासम्ममा ९६ करोड ६६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले वैदेशिक रोजगार बीमाबाट प्रथम बीमा शुल्क आर्जन बढाइरहेको छ ।

सन नेपाल पछि पाँचौ नम्बरमा रहेको सिटिजन लाइफले पुस मसान्तसम्ममा ८७ करोड ९२ लाख आर्जन गर्दा एशियनको भने ७३ करोड ७२ लाख छ । यसपछि क्रमशः रिलायबल नेपाल लाइफको ७२ करोड ७३ लाख, युनियन लाइफले ६६ करोड ६४ लाख, सूर्या लाइफले ६० करोड ७५ लाख, आइएमई लाइफले ६० करोड ५५ लाख, मेट लाइफले ६० करोड ३९ लाख, ज्योति लाइफले ४९ करोड २९ लाख, प्राइम लाइफले ४३ करोड ७२ लाख, रिलायन्स लाइफले ४३ करोड ७२ लाख, सानिमा लाइफले ४२ कराेड ४ लाख, राष्ट्रिय बीमा संस्थानले ३५ करोड २१ लाख, प्रभु लाइफ ३० करोड ४५ लाख, महालक्ष्मी लाइफ २२ करोड ८० लाख, सूर्या लाइफ २१ करोड र गुराँस लाइफले १६ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम