Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

कविताः ‘सन्धि’



संगम संगीत,महालक्ष्मी न.पा- ४ चानुवा,धनकुटा ।

नेपालीहरुको
अस्तित्वनै धरापमा राखेर
हाम्रा खोलानाला,नदीलाई
बिदेशीको सामु
कौडीका भरमा बेचेर
तिमीहरुले नेपाली हुनुको
अस्तित्व र राष्ट्रियतालाई
बन्दकी राख्दा सम्म
नेपालीले कयौं पटक
राष्ट्रबादीको संज्ञा दिएर
सत्ता चढाइ रहे ।

कोशी बेचिदा नेपालीले के पाए ?
महाकाली सन्धिको छब्बीस बर्ष
एउटा डि.पि.आर सम्म खै ?
छ महिनामा सबै काम सक्ने
सर्त आज छब्बीस बर्ष
सकिदा तिनैले यो देश
बेचिरहँदा, नागरिक बेचिरहँदा
के पायो देशले ?
र जनताले ?
पायो त केवल तिनै
नेपालीलाई दास बनाउने
राष्ट्रको अस्तित्व धरापमा पारेर
सन्धि गर्ने नेतृत्व ।

तिम्रो बिश्व विद्यालय
सबै दक्ष बेरोजगार
उत्पादन गर्ने भट्टी बनि रहँदा
तिमी यहाँ
समृद्धि र बिकासको
खोक्रो भाषण गरेर
नेपालीलाई गुलामी बनाउन
बिदेश बेच्छौ र
भत्ता खाने उमेरमा
सत्ता खान्छौ ।

बिदेशीको इसारामा चलेकालाई
लाइनमा ल्याएर यो देशलाई
बेचिनबाट बचाउँछौ कि भन्ने
सपनाहरुलाई जलाएर
खरानी बनाउँदै हावामा उडेपछि
बल्ल थाहा भो
आखिर तिम्रो लागि
सत्ता
जे गर्दा नि हुने खेल रहेछ
भ्रष्टाचारीहरुको मेल रहेछ
कागलाई पाकेको बेल रहेछ
अनि जनतालाई
सदैब झुक्याउने झेल रहेछ ।

देशको गरिबी
भोक
शोक
सडेगलेका
कुहिएका
थोत्रे
च्यात्तिएका
टाल्नै नमिल्ने
सपनाहरूका चाङ बेचेर
झुसिलो अमिलो डकार डकार्दै
गर्दा कति सक्यो रेमिटेन्स ?
तिम्रो फुलेको पेटलाई
उपचार गरेर निको पार्न ?

कैले फ्री भिसाको
बिना ढेउबा के
भनि रहँदा
यो देशमा बिना देउवा के
भन्न कहिल्यै सकेनौं ।
ओलीको मिठो बोलीमा
खुसी हुँदै ताली मार्दा
र जनयुद्धको गोली छातीमा
बोकेर मरणासन्न हुनेगरी
शरीर चलाउन नहुँदा
हार्नु पर्छ भन्नेले जितिरहे
देश बुझ्ने बिदेशी भए
र त उहीँ सन्धि गर्नेहरुले
एक पछि अर्को
राष्ट्रघात गरिरहे ।

बुर्जुवा शिक्षाको

खोक्रो भाषणमा
नेपालीलाई
जनबादी बैज्ञानिक ज्ञानको
आश्वासन भजाउने
प्रचण्डपथ आज खुम्चिएर
मुजामुजा परेर थोत्रे हुँदा
सिद्धान्त, बिचार,
अस्तित्व बिहिन हुँदासम्म पनि
तिमी सत्ताको लाम्टा चुस्न
हरेक हत्कण्डा अपनाएर
यो धर्तिलाई र
सहिदको पोतिएको
माटो र बाटोलाई
दुर्गन्धित पार्दै
सिनो लुछ्न गिद्ध बनेर
तछाड्मछाड गर्दै भौतारिदा
कहिल्यै माया र सहानुभूति
पलाएन ?
ती आमाबाबु गुमाएका
टुहुरा, सिउदो पुछिएका चेली
छोराछोरी गुमाएका
आमाबुबाको ?

सरकार बनाउने भोट माग्दा
तिमीलाई
त्यस्तैलाई समर्थन गर्न
जिताएका थिए जनताहरुले ?
हिजो राष्ट्रबाद्को खोक्रो
नारा भजाएर
संसदमा पुगेको तिमी
आज बाट सुरु भै सक्यो
नदी,खोलानाला बेच्नेलाई
समर्थन गर्ने लिस्टमा
तिम्रो नाम ।

तिम्रो कम्युनिजम र लोकतन्त्रको
सिद्धान्त खै कहाँनेर
गएर मेल खायो ?
बिचार बिहिन राजनीति
सिद्धान्तहिन नेतृत्व
कैले कता कैले कता
जनतालाई यो र त्यो
बहानामा लडाएर
एकदिन सडक हुँदा
भोलिपल्टै सदनमा
उङिरहेको देखिदैनौ र ?

अनि फेरि अर्को,
हामीलाई
केही आश दिएका
नयाँ दल,शक्ति र ब्यक्ति
तिनै गन्हाउने सिनोको
वरिपरि झिंगा जस्तै बनेर
राष्ट्रघात गर्नेलाई संसदमा
पक्षमा भोट खसाल्न
आग्रह गरिरहँदा
अब त्यही थोरै भएको
बिश्वास पनि गुमेको छ ।

तिमीहरु पनि
भ्रष्ट, दलाल र
राष्ट्रघातको पक्षमा
इटामाथि इटा थप्न मात्र
सत्ता प्रयोग गर्दै
तै कित्तामा आफ्नो नाम
दर्ता गराउने पङ्तिमा
अक्षरमा नाम लेखिने
तर्खरमा उभ्याउन
कसो नलागौला र ?

संसदमा उभिएर
एकपटक सत्तापक्षमा
सरकार बनाउने भोट माग्दा
तिमीलाई
त्यस्तैलाई समर्थन गर्न
जिताएका थिए जनताहरुले ?
हिजो राष्ट्रबाद्को खोक्रो
नारा भजाएर
संसदमा पुगेको तिमी
आज बाट सुरु भै सक्यो
नदी,खोलानाला बेच्नेलाई
समर्थन गर्ने लिस्टमा
तिम्रो नाम ।

बिदेशीको इसारामा चलेकालाई
लाइनमा ल्याएर यो देशलाई
बेचिनबाट बचाउँछौ कि भन्ने
सपनाहरुलाई जलाएर
खरानी बनाउँदै हावामा उडेपछि
बल्ल थाहा भो
आखिर तिम्रो लागि
सत्ता
जे गर्दा नि हुने खेल रहेछ
भ्रष्टाचारीहरुको मेल रहेछ
कागलाई पाकेको बेल रहेछ
अनि जनतालाई
सदैब झुक्याउने झेल रहेछ ।

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सेसेल्स । नेपाल आफैमा प्राकृतिक सौन्दर्यताले भरपूर र विश्वको घुम्नैपर्ने देश मध्यको देशमा पर्छ

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य रू एक लाख नौ हजार तोकिएको

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम