
खोलाघरे साहिंलो, इलाम
मरे जो गोरुले हानी, भीरबाट लडी मरे
पतिपत्नी भिडी एक वा दुवै नर्कमा झरे ।१।
पाशो लाएर आफैंले इहलीला स्वयं सक्यो
विषपान, सुरापान आदिले जिन्दगी गयो ।२।
ढुङ्गा हान्न गएकामा मुठभेड भई मरे
गर्दा आगजनी कोही त्यसैमा पिल्सिई मरे ।३।
गूटको भीडमा लाग्दा गोली लागी ढले, बिते
गूटकै दब्दबा पर्दा त्यस्ता शहीद पारिए । ४।
भाडामा ल्याइएकामा केही रोगी र पिञ्जर
मरे, शहीद पारे जो गूटले स्वार्थ खातिर ।५।
यस्तो प्रकृतिका झेली ‘शहीद’ देखि भिन्नका
शुद्ध, निःस्वार्थ हूतात्मा, देशभक्त, महामना ।६।
सबैमा शब्दश्रद्धाले शुद्धभाव समर्पित
गर्दै भनौं सबैले नै ‘सत्य शहीदको जय !’ ।७।