Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

सुसेली



सुशीला ढकाल अधिकारी, काठमाडौं


रुन्छु धर्केर
मेरो माया सम्झेर
आउ फर्केर ।


सल्ला बनैमा
भेट्ने मेरो तिर्सना
रह्यो मनैमा ।


माया टाढा छ
माया त्यसैकारण
झनै गाढा छ ।


माया भनेर
बसेको छु आउने
दिन गनेर ।


पिर भएको
सम्झी सम्झी रुन त
मन लाएको ।


माया खुनीले
चटक्कै नै बिर्सियो
टाढा हुनीले ।


सम्झी बसेको
आँसु भित्र लुकाइ
यता हाँसेको ।


आँसु खसेको
तिमीलाई सम्झेर
छु है बसेको ।


परदेशमा
सम्झी फर्क मायालु
घरदेशमा ।

१०
मिली बसेर
दुनियाँको अगाडि
हिँडौँ हाँसेर ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम