Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

नेपाल आदिवासी जनजाति महासंघ कतारको नवौं महाधिबेशन सम्पन्न, नयाँ कार्यसमिति चयन



नेपाल आदिवासी जनजाति महासंघ कतारको नवौं महाधिबेशन फ्रेबुअरी ३ मा सम्पन्न भएको छ । महासंघ कतारका अध्यक्ष पुरुषोतम सुनुवारको सभापतित्वमा सम्पन्न सो महाधिवेशनले २०२३-२०२५ कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरेको छ ।

कतारका लागि नेपाली राजदूत डा। नरेश विक्रम ढकालले प्रमुख अतिथिका रुपमा कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष भाईकाजी गुरुङले स्वागत मन्तव्य सहित संस्थाको संक्षिप्त परिचय राखेका थिए भने बालकलाकारहरुद्वारा स्वागत नृत्य प्रस्तुत गरिएको थियो ।

सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि राजदुत डा. ढकालले महाधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए। उनले बिश्वमा आदिवासी जनजातीहरुको आफ्नै भाषा,धर्म सस्कृती, रितिरिवाज परम्परा अग्रस्थानमा रहेको साथै विभिन्न भाषा, धर्म, सम्प्रदाय, जातजातिका आ–आफ्ना विशिष्ट संस्कृति र परम्परा रहेकोमा त्यसको सम्मान, संरक्षण र प्रबर्द्धन गर्नु हामी सबैको दायित्व र कर्तव्य रहेको बताए।

कार्यक्रममा सामाजिक व्याक्तित्व बिमल सुवेदी, सागर नेपाल, नेपाली जनसम्पर्क समिति कतार उपसभापति ठाकुर कुमार परियार, प्रवासी नेपाली मञ्च कतारका कार्यबाहक अध्यक्ष बालकृष्ण भित्रीकोटी, नेपाली जन प्रगतिशील मञ्च कतारका अध्यक्ष बुद्धि प्रसाद भन्डारी, नेपाली समाज कतारका अध्यक्ष तेज मोक्तान तामाङ, प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष रामहरु गैह्रे, नेपाली महिला समाज कतारका बरिष्ठ उपाध्यक्ष मायाँ केसी, एनआर एनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, एनआरएनए आइसिसिबाट तेज कटुवाल महासंघ कतारका प्रमुख सल्लाहकार शिव कुमार भुजेल, नेपाली महिला समाज, मातृ संस्थाका अध्यक्षहरु लगायत जिल्ला संस्थाहरु, साहित्यिक संस्थाहरु प्रदेश संस्थाहरुबाट प्रतिनिधि मुलक रुपमा मन्तव्य दिएका थिए ।

संस्थापक सदस्य तथा सल्लाहकार द्वय बिल बहादुर गुरुङ र शुक बहादुर तामाङलाई संस्थालाई निरन्तरता दिएको आधारमा फेटा, दोसल्ला ओढाई सम्मान पत्रका साथ सम्मान गरेका थिए त्यसैगरी नेपाली नियोगका दृतिय सचिव प्रवीण भट्टराई ४ बर्षको कार्यकाल सफलताका साथ पूरा गर्दै नेपाल फर्कन लागेको हुँदा उनलाई नेपाली संघसंस्था र समुदायमा खेलेको महत्त्वपूर्ण भुमिकाको उच्च कदर गर्दै फेटा, दोसल्ला ओढाई सम्मान पत्र सहित सम्मानित गरेका थिए ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले पनि महासंघ कतार सग सहकार्य समन्वय, समर्थन र सहयोगको उच्च कदर गर्दै अध्यक्ष महम्मद मुक्तता मुसल्मानलाई फेटा ओढाई धन्यवाद पत्र प्रदान गरेको थियो । साथै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको सांस्कृतिक संयोजक साम सुनुवारले विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा महासंघ कतारलाई दिएको योगदानको उच्च मुल्यांकन गर्दै कदर पत्र प्रदान गरे । त्यसैगरी महासंघमा आबद्ध विभिन्न मातृ संस्थाहरुलाई कदर पत्र साथै मातृ संस्थामा रहेका कलाकारहरुलाई कदर तथा प्रशंसा पत्र बितरण गरेका थिए।

महासचिव एकराज राईले सहजिकरण गरेको कार्यक्रममा संस्थाका अध्यक्ष एवंम कार्यक्रम सभापति पुरुषोतम सुनुवारले आफ्नो मन्तव्य राख्दै महासंघ कतारलाई अझै सकृय रुपमा अघि बढाउन कटिबद्ध भएर लागि पर्ने प्रतिबद्धताका साथ कार्यक्रम सम्पन्न गर्न विभिन्न माध्यमद्वारा सहयोग पुर्याउनु हुने सम्पुर्णलाई धन्यवाद ब्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।

यस्तो छ निर्वाचित कार्यसमितिहरु
१) अध्यक्ष –डि.एन.मगर(दुर्गा प्रसाद पाङमी)
२)बरिष्ठ उपाध्यक्ष –भाईकाजी गुरुङ
३) प्रथम उपाध्यक्ष – एकराज राई
४) द्वितिय उपाध्यक्ष – मिलन भुजेल
५) महासचिव – धिरेन तामाङ
६) उप–माहासचिव–हरि बहादुर महतो
७) सचिव – राकेश श्रेष्ठ
८) कोषाध्यक्ष – तेन्जी शेर्पा
९)सहकोषाध्यक्ष –सुजनमाबो लिम्बु
१०)विभागिय सचिव –तेजिलाल मण्डल
११) विभागिय सचिव – जमुना श्रेष्ठ
१२) वभागिय सचिव – ल्हेमी शेर्पा
१३)विभागिय सचिव –रमानन्द चौधरि
१४) विभागिय सचिव – लिला राई
१५)विभागिय सचिव –निर बहादुर सुनुवार

सदस्यहरु
१६) विजय कुमार मगर
१७) अभिमत पुन मगर
१८) सुनिल लिम्बु
१९) कृष्णमाया लिम्बु
२०) दुर्गा गूरुङ
२१) शिला गुरुङ
२२) प्रेम बहादुर राई
२३) राम कुमारी तामाङ
२४) श्री बहादुर तामाङ
२५) कञ्चन कुमारी चौधरी
२६) मेनुका सुनुवार
२७) कमल विक्रम सुनुवार
२८) रोज भुजेल
२९) गिता भुजेल
३०) राम बहादुर मानन्धर
३१) प्रकाश मण्डल
३२) राजेन्द्र मण्डल
३३) पेम्बा शेर्पा

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ

सेसेल्स । नेपाल आफैमा प्राकृतिक सौन्दर्यताले भरपूर र विश्वको घुम्नैपर्ने देश मध्यको देशमा पर्छ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम