
नेकपा एमालेको प्रवासस्थित भातृसंस्था प्रवासी नेपाली मन्च, अमेरिकाले संगठन विस्तारलाई निरन्तरता दिएको छ । यसैक्रममा इलिनोई च्याप्टर र न्यूहाम्सायर च्याप्टर गठन भएको छ ।
२९ जनवरीका दिन प्रवासी नेपाली मन्च, अमेरिका अन्तर्गत इलिनोइ च्याप्टरको भेला सम्पन्न भयो । भेलाले सुन्दर घिमिरेको अध्यक्षतामा ७ सदस्यीय इलिनोइ च्याप्टर कमिटी गठन गरेको छ ।
१) अध्यक्ष – सुन्दर घिमिरे
२) उपाध्यक्ष – तुलसी बस्नेत
३) सचिव – सरोज खड्का
४) सदस्य – बिष्णु बेलबासे
५) सदस्स – भागिरथा पौडेल
६) सदस्य – जीवन भूसाल
७) सदस्य -लक्ष्मण पाण्डे
त्यस्तै ४ फ्रेबुअरीका दिन प्रवासी नेपाली मन्च, अमेरिका अन्तर्गत न्यूहाम्सायर च्याप्टरको भेला सम्पन्न भएको छ । जुम मार्फत आयोजित भेलामा प्रमुख अतिथि प्रबासी नेपाली मंच, अन्तराष्ट्रिय कमिटिका सचिवालय सदस्य एवं अमेरीका महादेस ईन्चार्ज प्रभु थापा, कार्यक्रममा बिशेष अतिथिहरू अमेरीका महादेस कमिटि अध्यक्ष ईस्वरी भट्ट, महादेय कमिटि सदस्य छत्र कुमारी गुरूड्ग, प्रबासी नेपाली मंच अमेरीकाका अध्यक्ष कृष्ण लामिछाने, उपाध्यक्ष मैया ढुग्गाना, सचिब छबी पान्डे, प्रबासी नेपाली मंच, अमेरीकाका सल्लाहाकार समितिका सभापती डा. रूद्र अर्याल, सल्लाहाकार सदस्य शिब कुमार राई, सल्लाहाकार सदस्य सोम गुरूड्ग, NRNA न्यूहाम्सायर Chapter अध्यक्ष कमल ढुग्गानाले अतिथिको रूपमा कार्यक्रममा रहनु भएको थियो भने प्रबासी नेपाली मंच, अमेरीका अन्न्तर्गत न्यूहम्सायरमा रहेका प्रबासी नेपाली मंचका सदस्यहरूको भब्य सहभागीतामा डम्बर कडरीयाको अध्यक्षतामा ७ सदस्यीय च्याप्टर कमिटी सर्बसम्मत रूपमा निर्बाचित गरेको छ ।
1. अध्यक्ष: डम्बर कडरीया
2. सचिव : टिका भट्टराई
3. सदस्य : टोप गुरूड्ग
4. सदस्य : राजन कुथुमी राई
5. सदस्य : दुर्गा कुमारी राई
6. सदस्य : मुना अर्याल
7. सदस्य: बिनोद कार्की
नब निर्बाचित च्याप्टर कमिटीलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना दिदै कार्यक्रमका प्रमुख अतिथि प्रभु थापाले प्रबासी नेपाली मंच, अन्तराष्ट्रिय कमिटको सस्थागत संरचना, उदेस्य एवं प्रबासीहरूको हक, अधिकार स्थापनाको पक्षमा निति निर्माणमा खेलेको भुमिका बताउदै अन्तराष्ट्रिय कमिटिका भुमीकाको बारेमा प्रष्ट पार्नु भयो । अमेरीका महादेस कमिटिका अध्यक्ष इस्वरी भट्टले आफ्नो कार्यक्षेत्र अमेरीका र क्यानाडामा मंचको बिस्तार र यस क्षेत्रमा गरीएका बिभिन्न कामको जानकारी गराएका थिए ।
शुभकामना दिने क्रममा प्रबासी नेपाली मंच, अमेरीका अध्यक्ष कृष्ण लामिछानेले अमेरीकमा प्रबासी नेपाली मंचको स्थापना, मंचको उदेस्य, संस्थाको कार्यनिति, स्थापना काल देखी गर्दै आएका सामाजिक कामको बिस्तृत जानकारी गराएका थिए । उनले आगामी ३ बर्षसम्मको कार्य योजना निर्माण गरी कार्यान्वय गरीरहेको बताउदै बिगत देखी न्यूहम्सायर राज्य कमिटीले गर्दै आएका महत्वपुर्ण कामका प्रसंसा गर्दै भबिस्यमा अझ बार्षिक योजना निर्माण गरी लाग्न सुझाव समेत दिए।
अमेरीकाका सचिब छबी पान्डेले अमेरीका गत जुनमा सम्पन्न तेस्रो अधिबेसन पस्चात संगठन बिस्तार प्रकृया योजनाबद्द रूपमा लागेको र यसै क्रममा यो भेलाको पनि आयोजना गरीएको जानकारी दिँदै उनले अन्य राज्यहरूमा भेला गरीने बताए । प्रबासी नेपाली मंच, अमेरीकाका सल्लाहाकार समिति सभापती डा= रूद्र अर्यालले अमेरीकामा मंचले गरेका कामको प्रसंसा गरेका थिए । उनले कमिटिले गरेका गतिबिधिहरू बताउदै भबिस्यमा अन्तराष्ट्रिय स्तरमा बिभिन्न देसमा निर्माण भएका सल्लाहाकार समितिहरूसंग समन्वयन गरी अमेरीकाको प्रबासी मंचको प्रतिष्ठालाई थप प्रतिष्ठीत बनाउने काममा पहल गर्ने बताए । ल्च्ल्ब् न्यूहम्सायर ऋजबउतभच अध्यक्ष कमल ढुड्गानाले बिगतमा जस्तै भबिस्यमा पनि इल्ँ न्यूहम्सायर राज्य कमिटिसंग सहकार्य गर्दै साझा सबालमा काम गर्ने बताए ।
कार्यक्रममा प्रबासी नेपाली मंच, अमेरीका सल्लाहाकार समिति सदस्यहरू एवं न्यूहम्सायर निबासी शिब राई, सोम गुरूड्ग, छत्र कुमारी गुरूड्ग एवं डम्बर कडरीयाले सन २००९ देखी न्यूहम्सायरमा मंचको प्रारम्भ गरीएको र यो अबधीमा बिबिध सामाजिक कार्यहरू गर्दै मंचसंग सम्बन्धीत साथीहरूलाई आबद्द गवी एउटा सामाजिक संस्थाको रूपमा स्थापित गर्न सफल भएको अनुभब सिनाएका थिए । उनले नबनिर्बाचित कमितिलाई पुर्ण सहयोग गर्ने र योजनाबद्द अगाडी बढ्न सुझाव दिएका थिए । प्रबासी नेपाली मंच, नयूहम्सायरका संस्थापक सदस्य ईस्वरी भट्टले संचालन गरेको उक्त भेलाको अध्यक्षता न्यूहम्सायर निबासी मंचकी उपाध्यक्ष मैया ढुड्गानाले गरेकी थिइन् ।