
गुल्मी । गुल्मी जिल्ला समाज यूके र नौमती बजा गुल्मी समूह युकेले गृहजिल्ला गुल्मीका अपाङ्ग र असहाय बालबालिकाहरुको सहयोगका लागि आर्थिक रकम हस्तान्तरण गरेका छन् ।
विगतका वर्षहरुमा जस्तै यो वर्षपनि गुल्मी जिल्ला समाज र प्रथम नौमति बाजा गुल्मी युकेले अपाङ्ग र असहाय बालबालिकाहरुलाई आर्थिक सहयोग गरेका हुन् ।
दुई संस्थाले रुरुक्षेत्र गाउँपालिका –१ रिडीमा रहेको अटिजम पाठशाला नेपालका असहाय बालबालिकाहरुलाई ३ लाख रुपैयाँ र तम्घासमा रहेको आशा अपाङ्ग केन्द्रलाई २ लाख भन्दा बढि सहयोग हस्तान्तरण गरेको हो ।
गुल्मी जिल्ला समाज युकेका अध्यक्ष बिर बलाल, उपाध्यक्ष तारा भट्टराई प्रबक्ता राधा खरेल, सल्लाहकार राजन श्रेष्ठ, कार्यसमिति सदस्य राम पाण्डे, सल्लाहकार सुरेश गौतमले संयुक्त रुपमा सहयोग रकम हस्तान्तरण गरेका हुन ।
उक्त रकम मध्ये गुल्मी जिल्ला समाज युकेले आशा अपाङ्ग केन्द्रलाई एक लाख ५० हजार र प्रथम नौमति बाज गुल्मी युकेले ७२ हजार ४४५ रुपैया सहयोग गरेको हो ।
समाजले यसअघि पनि जिल्लाको शिक्षा, स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै आउनुका साथै जिल्लाभर ५ वटा एम्वुलेन्स खरिद गरी हस्तान्तरण गरिसकेको छ । जसमा आशा अपाङ्ग केन्द्रलाई दिईएको एम्वुलेन्स बिग्रीएको अवस्थामा पाइएपछि अध्यक्ष बलालले मर्मत गरी सञ्चलन गर्न ब्यक्तिगत रुपमा ५० हजार रुपै सहयोग गरेका छन् ।
समाजका संस्थापक अध्यक्ष तथा नौमति बाजा समुहका संयोजक ओम थापा काउचा लगायतको कार्यसमितिले विगत देखि गुल्मी जिल्लाका अपाङ्ग, असहाय तथा विपद्को बेला सहयोग आइरहेका छन् ।