Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

यती समूह युकेको २९ औं अधिवेशन, पिपला देवानको नेतृत्वमा नयाँ कार्यसमिति



लन्डन । बेलायतमा रहेका नेपालीहरुको सबैभन्दा पुरानो संस्था यती नेपाली एशोसिएसन युकेको अध्यक्षमा पिपला देवान सर्वसम्मत निर्वाचित भएकी छन् ।

लन्डन साउथ हयारोस्थित हयारो बरो फुटबल क्लवमा फेब्रअरी ५ मा सम्पन्न संस्थाको २९ औं अधिवेशनले संस्थाकी पूर्वअध्यक्ष देवानकै नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

उक्त कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सूर्यकुमार नेम्वाङ, उपाध्यक्षमा हिमाकुमारी गुरुङ, महासचिवमा टंक भट्टराई, उपमहासचिवमा आशिष पन्त र कोषाध्यक्षमा पूण्य रेग्मी, सामाजिक सचिवमा रमेश अर्याल, खेलकुद सचिवमा राज पाण्डे, सांस्कृतिक सचिवमा दीपक मैथाने मगर र प्रकाशन सचिवमा आशिष महर्जन चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा अशोक ढकाल, सागर शर्मा, भिम तामाङ, जेनिश गिरी, सुष्मा पौडेल, मीनाकुमारी प्रधान र मनिकला राई गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।

प्रमुख निर्वाचन आयुक्त उमेशराज मोक्तान र राजकुमार त्रिपाठी सदस्यसचिव तथा राजेन्द्र पुडासैनी, राजन खकुराल, शंकर दाहाल, विपिन निरौला र मिन बांनिया सदस्य रहेको निर्वाचन समितले उक्त कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

नवनियुक्त अध्यक्ष पिपला देवानले आफू भाषणभन्दा काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्दै बाँकी रहेका काम गर्न पुनः अध्यक्षको जिम्मेवारी सम्हालेको बताइन् । देवान नेतृत्वको कार्यसमितिमा आपतकालिन कोषका लागि झण्डै ५ हजार पाउण्ड संकलन भइसकेको बताइएको छ ।

ध्रुव केसीको अध्यक्षतामा सम्पन्न पहिलो सत्रको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष बाचस्पति रेग्मीको स्वागत मन्तव्य, महासचिव डा. मुकुन्द बास्तोलाको कार्यक्रम सञ्चालन र सांगठनिक प्रतिवेदन प्रस्तुति रहेको थियो भने कोषाध्यक्ष देव गुरुङले संस्थाको आय व्यय विवरण प्रस्तुत गरेका थिए ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सेसेल्स । नेपाल आफैमा प्राकृतिक सौन्दर्यताले भरपूर र विश्वको घुम्नैपर्ने देश मध्यको देशमा पर्छ

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य रू एक लाख नौ हजार तोकिएको

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम