Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

भूकम्पका कारण टर्कि र सिरियामा ज्यान गुमाउनेको संख्या ४८ सय पुग्यो, १७ हजार बढी घाईते



काठमाडौं । सोमबार बिहान टर्किलाई केन्द्रबिन्दु बनाएर गएको ७.८ रेक्टरको भूकम्पका कारण टर्कि र सिरियामा ज्यान गुमाउनेको संख्या ४८ सय पुगेको छ ।

लेवनान तथा इजरायलमा समेत धक्का महसुस गरिएको उक्त भूकम्पका कारण हालसम्म टर्किमा ३ हजार ३८१ जनाको ज्यान गएको छ भने सिरियामा १४ सय ४४ जनाको ज्यान गएको समाचार ऐजेन्सीले जनाएका छन् । सोमबारको भूकम्पपछि २४३ पटक पराकम्पन गएको बताइएको छ ।

भूकम्पका कारण टर्कि र सिरियामा ७ हजार बढी भवनहरु धरासायी भएका छन् । जसमा धेरै मानिसहरु च्यापिएको हुनसक्ने बताइएको छ । भूकम्पमा परेर मुत्यु हुनेहरुको शव उद्धारको क्रम जारी रहेको बताइएको छ । मंगलबार २५०० सव निकालिएको बताइएको छ ।

टर्किमा एक महिलाको २२ घण्टापछि जिवितै उद्धार गरिएको छ । उनलाई उद्धारकर्ताहरुले बेहोस अवस्थामा भवनमुनि च्यापिएको अवस्थामा उद्धार गरेका थिए । साथै सिरियाको अलेप्पोमा पनि धेरै मानिसहरुलाई भवनको छत काटेर निकालिएको बताइएको छ ।

भूकम्पका कारण टर्किका १० बढी प्रान्तमा क्षति पुगेको छ । जहाँ ६ हजार २१७ बढी भवन भत्किएको बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम