Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

भविष्य खोज्दै महिला खेलाडी



Volleyball spike hand block over the net

रामपुर । डुमीसरा सारु जनता मावि निस्दी गाउँपालिका–५ ढुङ्गानाबेँसीमा कक्षा ९ मा अध्ययनरत छिन् । उनको भलिबल खेलमा औधी रुचि छ । भविष्यमा राम्रो खेलाडी बन्ने धोको भए पनि खेल्ने वातावरण नहुँदा सारु निरास छिन् ।

स्थानीय तथा विद्यलायस्तरमा हुने विभिन्न खेल प्रतियोगितामा सरिक हुने उनी सामान्यतया पूर्वाधार अभावले खेलाडीलाई खेल्ने वातावरण नभएकोमा चिन्तित छिन् । सारु दुई वर्षदेखि भलिबल खेल्दै आएकी छिन् ।

सोही विद्यालयको कक्षा १२ मा अध्ययनरत १७ वर्षीया देउमाया सारु पुरुषको तुलनामा महिला खेलाडीलाई हेर्ने दृष्टिकोण नै फरक रहेको बताउछिन् । एकै प्रकृतिको खेल भए पनि पुरस्कार दिँदा महिला खेलाडीलाई भेदभाव गर्ने गरेको गुनासो पोखछिन् ।

“प्रतिभा लुकाएरै बस्नुपर्ने हुन्छ, महिला सहभागिता बढाउन आवश्यक छ । एकै प्रकृतिको खेलमा पुरस्कारमा विभेद गर्नुभएन, यस्ता कुराले पनि खेलाडीलाई असर गर्छ”, सारुले भनिन्े ।

दरैठाँटी मावि रामपुरमा कक्षा १० मा अध्ययनरत १५ वर्षीया अस्मी घर्तीले तीन वर्षयता भलिबललाई प्राथमिकता दिँदै निरन्तर प्रतिस्पर्धा गर्दै आएकी छिन् । महिलाका लागि स्थानीय तथा विद्यालयस्तरमा भलिबल खेलमात्रै धेरै आयोजना गरिने हुँदा यसबाट भविष्य बनाउने अठोट लिएको उनकोे भनाइ छ । स्थानीयस्तरमा खेल पूर्वाधार नहुँदा घर्ती चिन्ता प्रकट गर्छन् ।

“स्थानीय तहमा मात्र नभई बाहिरी जिल्लामा प्रतिस्पर्धा गर्नुपर्ने हुँदा यहाँ प्रशिक्षणको व्यवस्था छैन, आफ्नै मेहनतले जे जसरी सिक्यो त्यसरी नै खेल्ने हो, हरेक स्थानीय तहमा खेल प्रशिक्षक आवश्यक छ”, उनिले भनिन् ।

दरैठाँटी माविकै कक्षा ११ की छात्रा अस्मिता थापा सानैदेखि भलिबलमा रुचि राखछिन् । भलिबल खेल्न पाउँदा उनी ज्यादै हर्षित छिन् । फुर्सदमा भलिबल खेलिहाल्ने थापाको बानी छ । अठार वर्षीया थापा परिवारको साथ सहयोगका कारण खेल्न पाएको बताउछिन् । उनी तीन वर्षदेखि भलिबल प्रतियोगितामा सहभागी बन्दै आएकी छिन् ।

“स्थानीयस्तरमा आश लाग्दा र सम्भावना बोकेका खेलाडी ओझेलमा परेका छन्, राम्रो खेल्न सक्ने क्षमता भए पनि पूर्वाधारलगायत समस्याले खेलमा महिलाको उपस्थिती कम छ”, थापाले भनिन् ।

विद्यालयस्तरीय हुने खेलकुदका कार्यक्रमले खेल क्षेत्रमा महिलाको सहभागिता विस्तारै बढ्दै गएको रामपुर नगर भलिबल सङ्घका अध्यक्ष देव श्रेष्ठले बताए । अझै पनि पुरुषको तुलनामा महिला खेलाडी सहभागी कमै हुने गरेको श्रेष्ठ बताउछन् ।

“महिलालाई घरबाट खेलमैदानसम्म ल्याउन गाह्रो छ”, उनले भने , “घरायसी कारणले सहभागिता गराउनै समस्या छ ।” राष्ट्रपति रनिङ शिल्ड, मेयर कप, अध्यक्ष कप र ओकेबाजे कप जस्ता प्रतियोगिताले महिला खेलाडीलाई प्रतिस्पर्धामा आउन सजिलो छ । स्थानीय र जिल्ला तहमा प्रतिस्पर्धा गर्ने खेलाडीलाई सम्बन्धित पालिकाले माथिल्लो क्षेत्रसम्म प्रतिस्पर्धा गर्ने वातावरण तयार पारिदिनुपर्छ । खेल क्षेत्रमा सामान्य आधारभूत सेवा उपलब्ध नहुँदा पनि खेलाडीको मनोबल बढ्न सकेको छैन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सेसेल्स । नेपाल आफैमा प्राकृतिक सौन्दर्यताले भरपूर र विश्वको घुम्नैपर्ने देश मध्यको देशमा पर्छ

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य रू एक लाख नौ हजार तोकिएको

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम