Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

सौखिन नेपाली : आठ खर्बको आयात गर्दा जम्मा ८१ अर्बको निर्यात



काठमाडौं । नेपालीहरु दिनानु दिन सौखिन हुँदै गरेको पाइएको छ । भन्सार विभागले प्रकाशित गरेको गत पुस महिनासम्मको तथ्यांकलाई विश्लेषण गर्दा यस्तो देखिएको हो ।

विभागले प्रकाशित गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म करिब सात खर्ब ९२ अर्ब ६६ करोड मूल्य बराबरको वस्तु तथा सेवाको आयात भएको छ भने यस अवधिमा जम्मा ८० अर्ब ८० करोड बराबरको वस्तु तथा सेवाको मात्र निर्यात भएको छ । यसरी हेर्दा, छ महिनाको अबधिमा करिब सात खर्ब ११ अर्ब ९० करोड व्यापारघाटा भएको छ ।

यो रकम विदेशमा श्रम गर्न गएका नेपालीहरुले पठाएको रेमिट्यान्स रकमभन्दा झण्डै एक खर्ब २६ अर्ब १० करोड रुपैंयाँले बढी हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्म नेपालीहरुले पठाएको रेमिट्यान्स पाँच खर्ब ८५ अर्ब ८ करोड रुपैंयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

एक सय ३९ देशबाट आयात

नेपालीहरुले संसारका एक सय ३९ देशबाट वस्तु तथा सेवाको आयात गर्ने गरेका छन् । त्यस्तै, नेपालले ११८ देशमा निर्यात गर्ने गरेको छ ।

नेपालीहरुले दक्षिण एसियाको सानो पहाडी देश भुटानबाट समेत प्रशस्तै वस्तुहरुको आयात गरेका छन् । यो अबधिमा नेपालले भुटानबाट ५६ करोड २७ लाख रुपैंयाँको वस्तु तथा सेवाको आयात गरेको छ भने त्यसको करिब आधा २३ करोड ३३ लाखको निर्यात गरेको छ ।

त्यस्तै, दक्षिण अमेरिकी देश अर्जेन्टिनाबाट नेपालले करिब १६ अर्ब ५९ करोड रुपैंयाँ बराबरको वस्तु तथा सेवाको आयात गर्दा अर्जेन्टिनातर्र्फ मात्रै १० लाख बराबरको वस्तु तथा सेवाको निर्यात गरेको छ ।

युद्धग्रस्त देश युक्रेनबाट अरबौंको आयात

अहिले रुस र युक्रेनबीच युद्ध जारी छ । युक्रेन निकै समस्या छ । तथापी यस्तो अवस्थामा पनि नेपालले युक्रेनबाट निकै ठूलो परिणाममा वस्तु तथा सेवाको आयात गरेको छ ।

छ महिनाको अवधिमा नेपालले युद्धग्रस्त देश युक्रेनबाट करिब सात अर्ब ७२ करोड ८५ लाख मूल्यको समान आयात गरेको छ । यो अबधिमा नेपालले युक्रेनबाट सजावटका सामान, औद्योगिक कच्चापदार्थ, प्रिन्टिङ् मेसिनका पार्टपुर्जा, टोनर, स्मार्ट फोन गाडिका पार्टपुर्जा, सिरिन्ज तथा सर्जिकल सामाग्रिहरु भटमास, सूर्यमुखि तेललगायतका सामाग्री आयात गरेको छ ।

नेपालले विगत छ महिनाको अवधिमा सबैभन्दा धेरै वस्तु तथा सेवाको आयात भने भारतबाट गरेको छ । नेपालले भारतबाट करिब चार खर्ब ८६ अर्ब रुपैंयाँ बराबरको वस्तु तथा सेवाको आयात गरेको छ भने करिब ५७ अर्ब ८४ करोड बराबरको वस्तु तथा सेवाको निर्यात गरेको छ । नेपालले निर्यात गरेको वस्तु तथा सेवाको ठूलो हिस्सा भारतमा नै भएको देखिन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सेसेल्स । नेपाल आफैमा प्राकृतिक सौन्दर्यताले भरपूर र विश्वको घुम्नैपर्ने देश मध्यको देशमा पर्छ

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य रू एक लाख नौ हजार तोकिएको

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम