
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ ।
सो कम्पनिको इटहरी शाखाले सुनसरीको बराह क्षेत्र न.पा.५, रामझोडा निवासी स्वर्गीय कुमार कार्कीको परिवारलाई बीमा दाबी भुक्तानी गरेको हो ।
इन्स्योरेन्सले कार्कीकी पत्नी गंगा पोखरेललाई ५ लाख ५३ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।
उक्त कार्यक्रममा इन्स्योरेन्सका इटहरी शाखा प्रमुख चन्द्रमणि निरौलाले पीडितको सहजताको लागि घरमै पुगेर रकम प्रदान गरिएको बताए । शाखाकी वरिष्ठ ऐजेन्सी मेनेजर तुल्सा कार्कीले जीवन बीमा जीवन रहँदा पनि र जीवन नरहँदा पनि बिमीत तथा आश्रिात परिवारको आर्थिक सुरक्षाको निम्ति अपरिहार्य रहेको बताइन् ।
बीमा दाबी रकम बुझ्दै मृतककी पत्नी गंगाले बिना झन्झट बीमाको रकम घरमै बुझ्न पाएकोमा आभार व्यक्त गरेकी थिइन् । उनले उक्त रकम छोराछोरीको भविष्य निर्माणमा लगानी गर्ने बताइन् ।
उक्त हस्तान्तरण कार्यक्रममा मृतककी बहिनी सिता क्षेत्री, स्थानीय समाजसेवी अर्जुन भट्टराई, इन्स्योरेन्सका ऐजेन्सी मेनेजर एवं मृतकका आफन्तहरुको सहभागीता रहेको थियो ।