back
CTIZAN AD

विवेकशील साझा पार्टीको अध्यक्षमा समिक्षा बाँस्कोटा सर्वसम्मत

वि.सं.२०७९ माघ २९ आइतवार

930 

shares

काठमाडौँ । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छन् ।

सो पार्टीको दुई दिनसम्म काठमाडौँमा चलेको महाधिवेशनले अध्यक्षमा बाँस्कोटासहित उपाध्यक्षमा मिलन पाण्डे, प्रकाशचन्द्र परियार र विमला अधिकारी सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै महासचिवमा रञ्जु दर्शना, सचिवमा पवित्रा थापा, विमल तामाङ र समुन्द्र केसी र कोषाध्यक्षमा दामोदर नेपाल चयन भएका छन् ।
विवेकशील साझा पार्टीमा ५१ सदस्यीय केन्द्रीय कार्यसमितिको व्यवस्था छ । सात प्रदेशबाट समावेशी सिद्धान्तका आधारमा चयन हुने दुई÷दुई जना, पाँच जना महिला र जनसङ्गठनबाट चयन हुने दुई जना गरी २१ जना चयन गरिनेछ ।

बाँकी २१ जनामध्ये आठ जना तत्कालका लागि खाली रहने छ । केन्द्रीय सदस्यमा आकांक्षी धेरै भएपछि निर्वाचनबाट चयन गरिने भएको छ । त्यसका लागि शनिबारै निर्वाचन प्रक्रिया सुरु गरिएको निर्वाचन समिति संयोजक केशव दाहालले जानकारी दिएका छन् ।

वि.सं.२०७९ माघ २९ आइतवार ०८:०९ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...