back
CTIZAN AD

पर्बत समाज युएइद्वारा जेहन्दार विद्यार्थीलाई सहयोग

वि.सं.२०७३ चैत २६ शनिवार

759 

shares

help-of-parbat-sewa-samaj-to-student
पर्बत सेवा समाज युएइले अप्रिल ७ तारिखका दिन बरदुबईमा एक कार्यक्रमको आयोजना गरी अती बिपन्न परिवारका जेहन्दार विद्यार्थीलाई आर्थिक सहयोग गरेको छ। समाजको दुबई क्षेत्रीय समिति ०१५र१७ ले नगद ४५ हजार रुपैया आर्थिक सहयोग हस्तान्तरण गरेको हो। सहयोगमा अग्रणी भूमिका शिक्षा क्षेत्र भएको हुदा जिल्लाभित्रका बिभिन्न स्कुलमा अध्यानरत बिद्यार्थीहरुको नाम समितिको बैठकले अनुमोदन गरेको कार्यक्रममा जानकारी गरिएको थियो।

जिल्ला भित्र रहेको जनजागृति निमाबि भिडाबारीबाट संगीता खत्री, पुर्णेश्वर उच्च माबिबाट वालिका सुबेदी, बालज्योती प्राबि बेउलीबासबाट आयुष्मा चुदारो, अन्नपुर्ण माबि कार्किनेटाबाट उदबिता पौडेल, दालपोखरी प्राबि ढुलुङ्गे काफल टोलबाट प्रतिभा पौडेललाई प्रति बिद्यार्थी १५ हजार रुपौयाका दरले सहयोग गरेको पुर्ब क्षेत्रीय अध्यक्ष तथा आर्थिक संकलन संयोजक तिलक साप्कोटाले बिवरण प्रस्तुत गर्दै केहि दिन भित्रै रकम हस्तान्तरण गरिने जानकारी गराए ।

परशुराम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि समाजका संरक्षक मणि भुर्तेल अतिथिहरु जगदीश पौडेल,  गंगाधर शर्मा, समाजका केन्द्रिय अध्यक्ष राजेन्द्र अधिकारि, पत्रकार निमकान्त पाण्डे, दुबई क्षे. अध्यक्ष बिनोद पौडेल रहेका थिए भने कार्यक्रम महासचिब कमल लामिछ्नेले संचालन गरेका थिए, कार्यक्रमको स्वागत मन्तब्य सरोज जीसीले राखेका थिए । बिगतका दिनहरु देखि समाजले बिभिन्न किसिमका सहयोगहरु हस्तान्तरण गर्दै आइरहेको छ ।

वि.सं.२०७३ चैत २६ शनिवार ०४:०० मा प्रकाशित