back
CTIZAN AD

ट्याक्सीमाण्डुमा नि:शुल्क ट्याक्सी चढ्न पाइने

वि.सं.२०७९ फागुन २ मंगलवार

738 

shares

काठमाडाैं । ट्याक्सीमाण्डु एपले आज (मंगलबार) साँझ ७ बजेसम्म निःशुल्क ट्याक्सी सेवा दिने भएकाे छ । यातायात व्यवसायी तथा मजदुरले विभिन्न माग राख्दै गरेको आन्दोलनलाई समर्थन गर्दै राइड सेयरिङ एप ट्याक्सीमाण्डुले निःशुल्क सेवाकाे घोषणा गरेको हो।

सरकार र यातायात मजदुरबीच यातायात मजदुरका मागबारे सहमति भइसकेकाे छ । सहमतिपछि मजदुरहरूले बन्दका कार्यक्रम पनि फिर्ता लिएका छन् ।

तर, आन्दोलन फिर्ता लिए पनि ट्याक्सीमाण्डुले आज साँझ ७ बजेसम्म भने निःशुल्क सेवा दिनेछ । ट्याक्सीमाण्डुका सिइओ अर्जुन केसीले सञ्चारमाध्यमलाई बताएअनुसार साँझ ७ बजेसम्म भने निःशुल्क सेवा लिन पाइनेछ ।

सर्वसाधारणमाथि पर्ने असरलाई मध्यनजर गर्दै निःशुल्क सेवा दिइएकाे सिइओ केसीले बताए। निःशुल्क सेवा प्रयोग गर्न नेपाल राइड प्रोमो कोड प्रयोग गर्नुपर्ने पनि केसीले जानकारी दिएका छन् ।

वि.सं.२०७९ फागुन २ मंगलवार १६:५५ मा प्रकाशित

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...