back
CTIZAN AD

अनेरास्ववियूद्वारा स्ववियु निर्वाचनमा ५० प्रतिशत महिला सहभागिताको माग

वि.सं.२०७९ फागुन २ मंगलवार

951 

shares

काठमाडौं । नेकपा एकिकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले स्ववियु निर्वाचनमा कम्तीमा ३३ प्रतिशत र अनिवार्य ५० प्रतिशत महिला सहभागिता माग गरेको छ ।

अनेरास्ववियू महासचिव आरती लामा नेतृत्वको टोलीले विद्यार्थी कल्याण तथा खेलकुद महानिर्देशनालयका प्रमुख प्रा. पशुपति अधिकारीलाई उक्त कुरा माग गर्दै ज्ञापन–पत्र बुझाएको हो ।

ज्ञापनपत्रमा भनिएको छ ‘नेपालको संविधान २०७२ ले हरेक क्षेत्रमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरेको वर्तमान समयमा स्ववियु निर्वाचनमा कम्तीमा ३३ प्रतिशत महिला सहभागी गराउनु संविधानको मुल मर्मलाई आत्मसात गर्नु हो ।’

ज्ञापनपत्र बुझ्दै महानिर्देशनालयका प्रमुख प्रा अधिकारीले अनेरास्ववियूको उक्त माग प्रति त्रिवि सकारात्मक रहेको र नीतिनिर्माण कै तहमा उक्त मागलाई बिषय बनाएर उठाउने बताएको अनेरास्ववियूका प्रवक्ता मिलन राईले बताए ।

त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते आफ्ना आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन गराउने तयारी गरिरहेको छ ।

 

वि.सं.२०७९ फागुन २ मंगलवार १७:०८ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...