back
CTIZAN AD

भारतीय उड्डयन क्षेत्रमा ऐतिहासिक सम्झौता, फ्रान्सबाट २५० वटा एयरबस खरिद गर्ने

वि.सं.२०७९ फागुन ३ बुधवार

933 

shares

नयाँदिल्ली । एयर इण्डियाले फ्रान्सको एयरबसबाट दुई सय ५० वटा विमान खरिद गर्ने भएको छ । यो निर्णय भारतको विमान खरिदको इतिहासमा विश्वको सबैभन्दा ठूलो उड्डयन सम्झौता हो ।

“हामीले एयरबससँग धेरै राम्रो सम्बन्ध बनाएका छौँ । आज म यो घोषणा गर्न पाउँदा खुसी छु कि हामीले एयरबसबाट दुई सय ५० वटा विमान खरिद गर्ने इरादा पत्रमा हस्ताक्षर गरेका छौँ,” टाटा सन्सका अध्यक्ष नटराजन चन्द्रशेखरनले घोषणा गरेका छन् । टाटा सन्सका अध्यक्षले प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको उपस्थिति रहेको भर्चुअल कार्यक्रममा सो धारणा राखेका हुन् । सम्झौतामा ४० ए३५० वाइड बडी अल्ट्रा लङरेन्ज विमान समावेश छन् भने बाँकी न्यारो बडी विमान हुनेछन् ।

“हामीसँग माग बढेपछि फ्लीट अर्डरहरू बढाउन महत्त्वपूर्ण विकल्पहरू हुनेछन्,” चन्द्रशेखरनले भने ।

भर्चुअल सम्मेलनमा नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धिया, वरिष्ठ उद्योगपति रतन टाटा र अन्य नेताहरूसमेतको उपस्थिति रहेको थियो ।

“एयरबसका लागि एयर इण्डियाको पुनरुत्थानको स्क्रिप्टमा मद्दत गर्नु ऐतिहासिक क्षण हो,” एयरबसका प्रमुख कार्यकारी गुइलाउम फौरीले भिडियो सम्मेलनमा भनेका छन् । एयर इन्डियाले भर्खरैका अर्डरहरूमार्फत आफ्नो आन्तरिक र अन्तरराष्ट्रिय नेटवर्कलाई बढावा दिन विमानहरूको रिमिक्स खोजिरहेको थियो । यस वर्षको जनवरी २७ मा आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा एयर इन्डियाले आगामी पाँच वर्षमा आफूलाई भारतीयपन भएको विश्वकै उत्कृष्ट मध्येको एक बन्ने बताएको छ ।(रासस/एएनआई)

 

 

वि.सं.२०७९ फागुन ३ बुधवार ०८:२६ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...