back
CTIZAN AD

कुशलको शतकको सहयोगमा नेपालद्वारा नामिबिया पराजित

वि.सं.२०७९ फागुन ३ बुधवार

687 

shares

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–दुई को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत घरेलु मैदानमा बुधबार भएको पहिलो खेलमा नेपाल नामिबियालाई दुई विकेटले पराजित गर्दै विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले नेपाललाई जितका लागि २८६ रनको विशाल लक्ष्य दिएको थियो । जवाफमा नेपालले ४७ दशमलव ४ ओभरमा आठ विकेट गुमाएर पूरा ग¥यो ।

नेपालको जितमा कुशल भुर्तेल नायक बने । उनले सर्वाधिक ११५ रनको योगदान दिए । ११३ बल खेल्दै उनले दश चौका र चार छक्काको मद्दतमा ११५ रनको योगदान दिएका हुन । भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा पहिलो पटक शतक प्रहार गरे । यसअघि एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा उनले सर्वाधिक ८४ रन बनाएका थिए ।

त्यसैगरी कप्तान रोहित पौडेलले ७२ रन बनाए भने सन्दीप जोराले २८, ज्ञानेन्द्र मल्ले २५, करण केसीले २०, कुशल मल्लले ६ तथा सोमपाल कामीले ४ रन जोडे । बलिङतर्फ नामिबियाका रुवेन ट्रम्पेलम्यान र जान निकोलले समान तीन÷तीन विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २८५ रनको योगफल बनाएको थियो ।

नामिबियाका लागि माइकल भ्यान लिङ्गेनले सानदार शतक प्रहार गरे । १३७ बल खेल्दै उनले पाँच छक्का र नौ चौकाको मद्दतमा १३३ रनको योगदान दिए । त्यसैगरी नामिबियाका कप्तान गेर्हार्ड इरास्मसले ५६ जोडे । जेन ग्रिनले ३४ रन बनाए भने जान फ्रिलिंकले १३ रन जोडे ।

बलिङतर्फ नेपालका लागि करण केसी एक्लैले ५ विकेट लिए भने सन्दीप लामिछानेले ३ विकेट झारे । कुशल मल्ल र सोमपाल कामीले समान १÷१ विकेट लिए । यसजितसँगै नेपालले २५ खेलमा २० अङ्क जोडेको छ । उक्त सिरिजअन्तर्गत अब नेपालले यही फागुन ५ गते स्कटल्याण्डसँग खेल्नेछ ।

वि.सं.२०७९ फागुन ३ बुधवार ०८:३८ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...