काठमाडौं । फेब्रुअरीलाई लक्षित गरेर सामसङले छुट अफरसहित मोबाइल सेट बिक्री गरिरहेको छ । सामसङका ग्यालेक्सी जेड फ्लिप ४ र ग्यालेक्स जेड फोल्ड ४ गत वर्ष बजारमा उपलब्ध भएकामा यही फोन फेरि छुटसहित पुनरागमन गराइएको कम्पनीले जनाएको छ ।
फोल्डेबल्सका साथसाथै उक्त फोनमा आकर्षक छुट उपलब्ध हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । जसअनुसार ग्यालेक्स जेड फोल्ड ४ खरीद गर्दा १०,००० रुपैयाँ थप गर्दा बजार मूल्य ४९,००० पर्ने नयाँ ४६ मिमिको ग्यालेक्सी वाच ४ क्लासिक पनि प्राप्त गर्न सकिनेछ । जसबाट ३९,००० बचत भई अत्याधिक लाभ लिन सकिने कम्पनीले जनाएको छ ।
यसैगरी ग्यालेक्सी जेड फ्लिप ४ खरीद गर्दा ५००० थप गरेमा २७,९९९ मूल्य पर्ने ग्यालेक्सी बड्स २ प्रो अफरमा पाइनेछ । जसबाट २२,९९९ बचत गर्न गर्न सकिने कम्पनीको भनाइ छ । यो अफर यही फेब्रुअरी २८ तारिखसम्म मात्र कायम गरिएको कम्पनीले जनाएको छ ।
वि.सं.२०७९ फागुन ३ बुधवार ०८:४९ मा प्रकाशित






























