काठमाडौं । समृद्धि फाइनान्सले साविकमा ग्राहकहरुलाई प्रदान गर्दै आएको मोवाइल बैकिङ सेवालाई एफ वान सफ्ट इन्टरनेशनल प्रा.लि. को बैंकस्मार्ट मोवाइल बैंकिङमा परिवर्तन गरेको छ । कम्पनीले मंगलबार सूचना जारी गर्दै उक्त विषयमा जानकारी दिएको हो ।
अब फाइनान्सका ग्राहकहरुले मोवाइल बैकिङबाट एन.सि.एच.एल. को नेपाल पे क्यु आर मर्चेन्टका साथै फोन पेको क्यु आर मर्चेन्टहरुमा पनि भुक्तानी गर्न सक्नेछन भने फाइनान्सले ग्राहकहरुलाई फोन पे को क्यु आर मर्चेन्ट बनाउन पनि सक्ने भएको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ वटा शाखाहरुमार्फत् आधुनिक बैकिङ सेवाहरु प्रदान गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ र मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु पिन प्रदान गरिरहेको छ ।
वि.सं.२०७९ फागुन ३ बुधवार ०८:५२ मा प्रकाशित






























