back

कुल ग्राहस्थ उत्पादनको मुख्य हिस्सा नै आयातमा निर्भर

वि.सं.२०७९ फागुन ३ बुधवार

342 

shares
NTC AD

काठमाडौं । नेपालको अर्थतन्त्र निरन्तर ओरालो यात्रातर्फ नै बढी देखिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो तथ्याङ्कमा त्यस्तो देखिएको हो ।

राष्ट्र बैंकले प्रकाशित गरेकोे चालु आर्थिक वर्षको छ महिनाको तथ्याङ्कअनुसार नेपालको कूल ग्राहस्थ उत्पादको करिब २४ प्रतिशत हिस्सा ओगट्ने कृषि क्षेत्रबाट मात्र झण्डै २८ अर्बको धान चामल तथा तरकारीको आयात भएको छ । वर्षा र अनुकुल वातावरणका हिसाबले साउनदेखि पुससम्म नेपालको मुख्यबाली लगाउने तथा उत्पादन गर्ने सिजन हो । यही सिजनमा नै यति धेरै खाद्यवस्तु आयात भएको छ ।

छ महिनामा २९ अर्बको सुन लाउने नेपाली

चालु आर्थिक वर्षको छ महिनामा नेपालमा करिब २९ अर्ब १९ करोड ३८ लाख बराबरको सुन आयात भएको छ । देशमा अन्य आर्थिक गतिविधि सुस्त भई संकट भैरहेको बेला भारी मात्रामा सुन आयात भएको हो ।

साउनदेखि पुससम्म मंसिर बाहेक खासै विवाहको सिजन पनि होइन तर, यही सिजनमा नै नेपालीहरुले यति धेरै रकम सुनका लागि खर्चिएका छन् ।

१८ अर्बको धान–चामल आयात

चालु आर्थिक वर्षको छ महिनामा नेपालले करिब करिब १८ अर्ब ४६ करोड ५० लाख मूल्य बराबरको धान–चामल आयात गरेको छ । सरकारी तथ्याङ्कमा नेपाल कृषि प्रधान देश हो र नेपालको कुल ग्राहस्थ उत्पादनको २३ दशमलब ९५ प्रतिशत कृषिको हिस्सा रहेको छ । यस्तै, नेपालमा ३० लाख ९१ हजार हेक्टर जमन खेती योग्य छ । कूल खेतीयोग्य जमिनको करिब २१ प्रतिशत भने विभिन्न कारणले बाँझै छ ।

किसानले उत्पादन गरेको धान–चामलले उचित मूल्य नपाएको गुनासो गरिरहँदा भने यति धेरै मात्रामा धान चामलको आयात हुनु निश्चय नै आश्चर्यको विषय हो ।

तरकारी मात्रै १० अर्बको

धान–चामलपछि आफैले उत्पादन गर्न सकिने तरकारी पनि झण्डै १० अर्बको आयात भएको छ । चालु आर्थिक वर्षको छ महिनामा नेपालले झण्डै नौ अर्ब ६६ करोड ३० लाख मूल्य बराबरको तरकारी आयात गरेको छ ।

साउनदेखि पुससम्म नेपालमा तरकारी उत्पादनको मुख्य सिजन हो । साउन भदौ र असोजमा नेपालको पहाडी भू–भागमा ठूलो मात्रामा तरकारी उत्पादन गरेर निर्यात गर्न सकिन्छ भने कात्तिक मंसिर र पुस महिनामा तराईमा समेत तरकारी उत्पादनको मूख्य सिजन हो । तरकारी उत्पादनको यस्तो मूख्य सिजनमा नै नेपालले यति धेरै तरकारी आयात गर्नु दुःखद छ ।

वि.सं.२०७९ फागुन ३ बुधवार ११:५१ मा प्रकाशित

ADBL AD
बाँदर आतङ्कबाट जोगाउन काष्ठफल खेती

बाँदर आतङ्कबाट जोगाउन काष्ठफल खेती

गल्याङ (स्याङ्जा), २२ भदै ः बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक...

प्रधानमन्त्रीद्वारा ४० जना निजामती कर्मचारीलाई पुरस्कार प्रदान

प्रधानमन्त्रीद्वारा ४० जना निजामती कर्मचारीलाई पुरस्कार प्रदान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा पुरस्कारबाट ४०...

यी हुन् उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने १० कर्मचारी

यी हुन् उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने १० कर्मचारी

काठमाडौँ । सरकारले २१औँ निजामती सेवा दिवस, २०८१ को अवसरमा...

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

धनुषा । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि...

नवलपरासी दुर्घटना अपडेटः बसको ठक्करबाट घाइते महिलाको पनि मृत्यु

नवलपरासी दुर्घटना अपडेटः बसको ठक्करबाट घाइते महिलाको पनि मृत्यु

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बसको ठक्करबाट घाइते...

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...