Logo
२२ श्रावण २०७९, आईतवार
     Sun Aug 7 2022
E-paper
  English Edition
   Unicode
Logo

अनुमति लिइएका पाँच हतियार फिर्ता



२६ चैत, बनेपा । स्थानीय प्रशासनसँग अनुमति लिएर राखिएका पाँच थान हतियार काभ्रेपलाञ्चोकमा पनि धमाधम बुझाउन थालिएको छ ।

जिल्लाका विभिन्न स्थानबाट चार थान बाह्रबोर र एक थान भरुवा बन्दुक जिल्ला प्रहरी कार्यालय, धुलिखेललाई बुझाएको जिप्रका काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो ।

ती हतियार पनौती र धुलिखेल नगरपालिका तथा ज्याम्दीबाट स्थानीय बासिन्दाले विभिन्न मितिमा प्रहरीलाई बुझाएका हुन् । यही वैशाख ३१ गते हुने भनिएको स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरेर सरकारले आगामी वैशाख १५ गतेभित्र घरमा रहेका हातहतियार बुझाउन अनुरोध गरेको थियो ।

निर्वाचनपछिको सामान्य अवस्थामा हतियार फिर्ता हुने प्रहरीले जनाएको छ । यसैबीच बेवारिसे अवस्थामा एउटा भरुवा बन्दुक काभ्रेपलाञ्चोकको जङ्गलमा फेला परेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ३ सय

काठमाडौं । डा. बाबुराम भट्टराई र महेन्द्र राय यादव अध्यक्ष रहेको नेपाल समाजवादी पार्टीको

काठमाडौं । आम निर्वाचनको मिति घोषणा भएसँगै पाँच दलीय सत्ता गठबन्धनका नेताहरु तालमेलको गृहकार्यमा