back
CTIZAN AD

राष्ट्र बैंकको कदमपछि फेरि बैंकहरु लक्षित सिडी रेसियोको नजिक पुग्दै

वि.सं.२०७९ फागुन ४ बिहीवार

738 

shares

काठमाडौं । वाणिज्य बैंकहरु तोकिएको सिडी रेसियो (कर्जा/निक्षेप अनुपात) को नजिक देखिएका छन् ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यसअघिको ८५ प्रतिशतको कर्जा/निक्षेप\पुँजी अनुपात (सिडिसी रेसियो) लाई खारेज गर्दै ९० प्रतिशतको सिडी रेसियो तोकेको थियो ।

सोही व्यवस्था बमोजिम माघ मसान्तसम्म वाणिज्य बैंकहरुको औसत सिडी रेसियो ८६.३९ प्रतिशत पुगेको छ ।
आर्थिक वर्षको शुरुवाती महिना, साउनमा बैंकहरुले यस्तो सिडी रेसियो अधिकतम ८८.०७ प्रतिशत कायम गरेका थिए । चालु आर्थिक वर्षको पहिलो त्रैमास (असोज मसान्त) सम्ममा ८८ प्रतिशतमा झरेको सिडी रेसियो मंसिरमा ८६.४० प्रतिशत र पुस मसान्तमा ८६.१४ प्रतिशतमा झरेको नेपाल बैंकर्स संघले जनाएको छ ।

तथापि, पछिल्लो पटक माघ मसान्तमा पुनः सिडी रेसियो बढेर ८६.३९ प्रतिशत पुगेको संघले जनाएको छ ।

राष्ट्र बैंकको नियम अनुसार बैंकहरुले एक सय रुपैयाँ निक्षेप संकलन गर्दैगर्दा ९० रुपैयाँ कर्जा लगानी गरेर १० रुपैयाँ तरलता व्यवस्थापन गर्नुपर्ने हुन्छ । तर, पछिल्लो सिडी रेसियोलाई हेर्दा बैंकहरुले एक सय रुपैयाँ निक्षेपमा ८६ रुपैयाँ ३९ पैसा कर्जा लगानी गरेर १३ रुपैयाँ ६१ पैसा तरलता होल्ड गरेको देखिन्छ ।

वि.सं.२०७९ फागुन ४ बिहीवार ०८:३९ मा प्रकाशित

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...