back

गोंगवु तोडफोड र लुटपाट घटना : डीआईजी खाँको नेतृत्वमा बन्यो छनविन समिति

वि.सं.२०७९ फागुन ४ बिहीवार

285 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

काठमाडौं । सोमबार यातायात मजदुरको आन्दोलनका क्रममा गोंगवुमा भएको तोडफोड र लुटपाट घटनाका विषयमा छानविन गर्न जाँचबुझ समिति गठन गरिएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मसउद आलम खाँको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

खाँको नेतृत्वमा गठन गरिएको उक्त समितिका सदस्यहरुमा उपत्यका प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० हिमालय श्रेष्ठ, जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सिताराम रिजाल, उपत्यका प्रहरी कार्यालयका एसपी सानुराम भट्टराई र प्रहरी नायब उपरीक्षक ९डीएसपी० खुमलाल भुसाल रहेका छन् ।

सो विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त घटनामा संलग्न दोषीहरुलाई तत्काल कारबाही गर्न समेत निर्देशन दिएका थिए ।

के भएको थियो सोमबार ?
ट्राफिक प्रहरीले लगाएको जरिवानाका विषयमा विभिन्न माग राख्दै सोमबार गोंगवुको माछापोखरीमा यातायात मजदुरले गरिरहेको शान्तिपूर्ण आन्दोलन एकाएक आक्रामक बनेको थिए ।
सवारी जरिवानावापत ट्राफिक प्रहरीले लिँदै आएको चर्को शुल्क खारेज गर्नुपर्ने, निलम्बित लाइसेन्स फुकुवा गर्नुपर्ने, भौतिक पूर्वाधार पार्किङ पिक एण्ड ड्रपको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेर सोमबार दिउँसोदेखि गरिएको अन्दोलनले साँझमा भने उग्ररुप लिएको थियो ।

आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने पूर्वनिर्धारित कार्यक्रम अनुसार भेला भएका मजदुरहलाई नयाँ बसपार्कका ठेकेदार कम्पनी लोत्से बहुद्धेश्यीय प्रालीका महाप्रबन्धक सुनिल कुँवर, लोत्सेकै कर्मचारीहरु पंकज मल्ल, हिमाल कुँवर लगायतका अपरिचित ३० जनाको समूहले आक्रमण गरेको यातायात मजदुरका संगठनको आरोप थियो । सोहि क्रममा आन्दोलनकारीहरुले प्रहरीका दुई गाडी जलाएका थिए भने स्थितिलाई नियन्त्रणमा लिने क्रममा २० भन्दा बढी प्रहरी घाईते भएका थिए भने १० बढी मजदुरहरु पक्राउ परेका थिए ।

घटनाले उग्ररुप लिएपछि आक्रोशित भएका मजदुरहरुले त्यसको विरोध स्वरुप मंगलबार काठमाडौं उपत्यकाभर सार्वजनिक सवारी साधन बन्द गर्ने घोषणा समेत गरेका थिए । सोहि क्रममा नयाँ बसपार्ककको लोत्से मलका सिसा तोडफोडका साथै त्यहाँ रहेका मोबाइल पसलमा लुटपाट समेत भएको थियो ।

वार्ताबाट समाधान
मंगलबारका लागि सवारी साधन बन्दको घोषणा गरेका यातायात मजदुरका संगठहरुसँग बुधबार उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गर्दै मन्त्रालयमै वार्ता गरेका थिए ।
वार्तामा मजदुरमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने, याताया क्षेत्र सुधारका लागि उच्च स्तरीय कार्यदल गठन गर्ने, लोत्से बहुउद्धेश्यी प्रा।लिले गरेको अनियमितताका सम्बन्धमा छानविन गर्ने लगायतका सम्झौता गरिएपछि मजदुरहरुले सवारी साधन बन्दको घोषणा फिर्ता लिएका थिए ।

 

 

 

 

वि.सं.२०७९ फागुन ४ बिहीवार १३:१५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
पालिकाले ३८ वटा विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने

पालिकाले ३८ वटा विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने

कास्की । माछापुच्छ्रे गाउँपालिकाले ३८ वटा सरकारी विद्यालयमा प्रतिस्पर्धाका आधारमा...

अन्नपूर्ण न्युरो अस्पतालले सुरु गर्यो ‘रोबोटिक सर्जरी’ सेवा

अन्नपूर्ण न्युरो अस्पतालले सुरु गर्यो ‘रोबोटिक सर्जरी’ सेवा

काठमाडौँ । माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालले ‘रोबोटिक सर्जरी’ सेवा सुरू...

डोल्पामा पिउने पानीको चरम अभाव, महँगोे पानी किनेर खान बाध्य सर्वसाधारण 

डोल्पामा पिउने पानीको चरम अभाव, महँगोे पानी किनेर खान बाध्य सर्वसाधारण 

डोल्पा ।  नदीनाला र मुलको प्रमुख स्रोत भएको जिल्लामै पिउने...

पहिराेले देवीघाट-गल्छी सडक अवरुद्ध, सडक खुलाउन प्रयास जारी

पहिराेले देवीघाट-गल्छी सडक अवरुद्ध, सडक खुलाउन प्रयास जारी

त्रिशूली (नुवाकोट) । अविरल वर्षासँगै खसेको पहिराले गल्छी-रसुवागढी सडक योजनाअन्तर्गतको...

आज सपथ लिँदै बागमतीका नवनियुक्त मुख्यमन्त्री लामा

आज सपथ लिँदै बागमतीका नवनियुक्त मुख्यमन्त्री लामा

काठमाडौं । बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले आज शपथ...

कर्णालीसहित पाँच प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

कर्णालीसहित पाँच प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...