काठमाडौं। पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादी का सम्मानित नेता झलनाथ खनाल भारत प्रस्थान गरेका छन् । एकीकृत समाजवादीका विदेश विभाग प्रमुखसमेत रहेका खनाल बिहीबार भारत प्रस्थान गरेका हुन् ।
भारत भ्रमणका क्रममा त्यहाँका खनालले शीर्षनेताहरु सँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।
भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनावादी) लिबरेसन पार्टीको ११ औं अखिल भारतीय महाधिवेशनमा विशेष अतिथिको रूपमा सहभागी हुन भारत प्रस्थान गरेका खनालले भारतीय कम्युनिष्ट, वामपन्थी र समाजवादीका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । साथै, खनालले हालको सत्ताधारी पार्टीका नेताहरुसँग पनि भेटघाट गर्नसक्ने सम्भावना छ ।
नेपालमा राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा खनालको भ्रमणलाई राजनीतिकरुपमा पनि हेरिएको छ । राष्ट्रपति कसलाई बनाउने भन्ने चर्चाका बीच खनालको भ्रमण केही अर्थपूर्णं हुनसक्छ ।
वि.सं.२०७९ फागुन ४ बिहीवार १३:२६ मा प्रकाशित