
मुगु । नेपाली कांगेसको भातृ संगठन नेपाल बिधार्थी संघ मुगु स्वबियू निर्बाचनको तयारीमा जुटेको छ ।
आगामी चैत ३ र ५ गते हुने स्वतन्त्र बिधार्थी यूनियनको निर्बाचनको तयारीमा मुगु नेबिसंघ जुटेको हो । स्वबियू निर्बाचनको लागि बिहीवार बिहान गमगढीस्थित रारा बहुमुखि क्याम्पसमा नेबिसंघले बिधार्थीहरुसँग रणनीति योजना तय गर्न छलफल तथा परिचयात्मक कार्यक्रम गरेको छ ।
मुगु नेबिसंघ स्वबियू निर्बाचनको तयारीतिर लागेको नेबिसंघ मुगुका अध्यक्ष सोबिन्द्रबहादुर मल्लले बताए ।
बिहिबार रारा बहुमुखि क्याम्पसका बिधार्थीसँग स्वबियू निर्बाचन बारे छलफल तथा अन्त्ररक्रिया कार्यक्रम गरिएको उनको भनाई छ । त्रिभुवन बिश्वबिद्यालय माताहतका क्याम्पसहरुमा चैत ५ गते र मध्यपश्चिम बिश्वबिद्यालय मातहतका क्याम्पसहरुमा चैत ३ गते स्वबियू निर्बाचनको मिति तय भएको हुदा त्यसको निम्ति मुगु नेबिसंघ तयारीमा लागेको अध्यक्ष मल्लले सुनाए ।
मुगुमा रारा बहुमुखि क्याम्पस र महादेब मष्टा चर्तुदेब क्याम्पस गरि दुईवटा रहेका छन । नेपाल बिधार्थी संघ मुगुले बुधबार एक प्रेस बिज्ञप्ती जारी गरि लामो समयदेखि स्वबियू निर्बाचन नहुँदा बिद्यार्थीका शैक्षिक मुद्दा र सामाजिक राजनीतिक सवालहरु ओझेलमा परेको हुँदा तोकिएकै समयमा स्वबियू निर्बाचन हुनुपर्ने उल्लेख गरेको छ ।
समयमै परिक्षाको नतिजा प्रकाशन नहनु र शैक्षिक बेरोजगार सृजना हुनुले शैक्षिक क्षेत्रमा देखिएको ढिलापन र नीतिगत अल्जनलाई चिर्न स्वबियू निर्बाचन अनिर्बाय रहेको उक्त प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ । अन्तराष्ट्रियस्तरको शैक्षिक गुणस्तर बिस्तार गर्नको लागि बलियो र प्रभावकारी संगठन चाहिन्छ सोही बिज्ञप्तीमा भनिएको छ ।
चैत ३ र ५ गते हुने स्वबियू निर्बाचन सफल र प्रभावकारी बनाउन जिल्लाभरका नेबिसंघमा आबद्ध बिधार्थीहरुले निर्बाचनमा जुटन अपिल गरिएको छ ।
नेपाल बिद्यार्थी संघ केन्द्रीय समितिबाट मनोनित अध्यक्ष मल्ललाई नेपाली कांग्रेस जिल्ला कार्यसमितिका कार्यबाहक सभापति कर्ण बहादुर रावल सचिव लोकेन्द्र मल्ल पार्टी प्रबक्ता प्रकास कुमार शाही लगायत पदाधिकारीले अबिर र फुलमालाले सम्मान गरेका थिए ।