काठमाडौ । लुम्बिनी विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका, वडा नं. ११ स्थित नेपालटारमा शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकका अध्यक्ष चिन्तामणि भट्टराई र तारकेश्वर नगरपालिका वडा नं ११ का वडा अध्यक्ष कविराज बस्नेतले उक्त शाखाको उद्घाटन गरेका थिए ।
बैंकको यस शाखा ८९औं शाखा हो । शाखा उद्घाटन कार्यक्रममा बैंकका सञ्चालकहरु प्रविणकृष्ण श्रेष्ठ, अर्जुन थापा र अञ्जुकुमारी गुप्ताको उपस्थिति रहेको थियो । लुम्बिनी विकास बैंकले हाल देशका ७ वटै प्रदेशमा ८९ शाखा स्थापना गरी सेवा दिँदै आएको छ ।
वि.सं.२०७९ फागुन ५ शुक्रवार ०८:१९ मा प्रकाशित






























