काठमाडौं । नेपाली सेनाले महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६० औं बार्षिक उत्सवका अवसरमो सामरिक लेखरचनाहरुको संग्रह ‘युनिटी जर्नल’ को चौथो संस्करणको विमोचन गरेको छ ।
उक्त जर्नलको प्रधान सेनापति प्रभुराम शर्माले बिहीबार आयोजित एक कार्यक्रमका बीच विमोचन गरेका ुहन् ।
उक्त जर्नलमा बौद्धिक वर्ग, प्राध्यापक र शोधकर्ताहरुलाई सहभागी गराई राष्ट्रिय महत्वका सामरिक विषयहरुमा आधारित रही सञ्चालन गरिएको खुल्ला सामरिक लेखरचना प्रतियोगिता–२०७९ का उत्कृष्ट २६ (छब्बिस) वटा लेख रचनाहरुलाई समावेश रहेका छन् ।

नेपाली सेनाका अनुसार उक्त जर्नलमा प्रकाश विष्ट, मानार्थ उपरथी पदम बहादुर सिंह (अ.प्रा.) र डा. हिन्दु संस्कृति कार्कीद्वारा लिखित लेख रचनाहरु क्रमशः प्रथम, द्वितिय र तृतिय भएका छन् ।
जसमा विष्टले २ लाख, सिंहले १ लाख ५० हजार र कार्कीले १ लाख रुपैयाँ नगद पुरस्कार सहित कदरपत्र प्राप्त गरेका छन् ।
विमोचन कार्यक्रममा प्रधान सेनापति शर्माले अन्य लेखकहरुलाई समेत पुरस्कार तथा कदरपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा बलाध्यक्ष रथी सिताराम खड्का, प्राध्यापक वर्ग, रथीवृन्द, युनिटी जर्नलका विषय विज्ञ तथा सम्पादकहरु, लेखकहरु लगायत नेपाली सेनाका अधिकृतहरुको उपस्थिती रहेको थियो ।
प्रतियोगिताबाट राष्ट्रका बौद्धिक तथा शिक्षित वर्गमा राष्ट्रिय सुरक्षाका विभिन्न आयामहरुमा खोज र अध्ययन गर्ने बानीको विकास भई राष्ट्रप्रेम तथा राष्ट्रिय सुरक्षा सम्बन्धमा चासो तथा चिन्तन वृद्धि हुँदै जाने विश्वास नेपाली सेनाले लिएको छ ।
वि.सं.२०७९ फागुन ५ शुक्रवार १२:३७ मा प्रकाशित






























