back
CTIZAN AD

क्यानडा र कम्बोडिया पठाइदिन्छु भनेर ३१ लाख बढी रकम ठगी गर्ने दुई पक्राउ

वि.सं.२०७९ फागुन ५ शुक्रवार

645 

shares

काठमाडौं । क्यानडा र कम्बोडिया पठाइदिन्छु भनेर रकम ठगी गर्ने दुईजना पक्राउ परेका छन् ।
क्यानडा र कम्बोडिया पठाइदिन्छु भनेर २९ लाख बढी रकम ठगी गरेको आरोपमा सर्लाहीका लक्षमण थापा र दैलेखको तोपेन्द्र बहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

सर्लाही लालबन्दी नगरपालिका–३ हाल काठमाडौं बस्ने २९ वर्षीय थापाले क्यानडा पठाइदिन्छु भनेर १९ लाख ९० हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

थापाले पीडितसँग प्रति महिना तीन लाख आम्दानी हुनेगरी रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै पटकपटक गरी उक्त रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीले कम्बोडियामा क्यासिनो क्षेत्रमा मासिक १ लाख ३० हजार तलब हुने गरी रोजगारीमा लगाइदिन्छु भनेर विभिन्न व्यक्तिबाट १२ लाख रुपैयाँ ठगी गरेको आरोपमा दैलेख भगवतीमाई गाउँपालिका–२, हाल काठमाडौं नयाँ बसपार्क बस्ने २३ वर्षीय तोपेन्द्र सिंहलाई पनि पक्राउ गरेको छ ।

सिंहले कम्बोडियाको क्यासिनोमा सेक्युरिटी गार्डको काम लगाई दिने प्रलोभनमा पारी पीडितहरूबाट पटक–पटक गरी उक्त रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । उनीहरु दुवैजनाका बारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७९ फागुन ५ शुक्रवार १३:२५ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...