काठमाडौं । मलेसियामा बसेर महिलाको चरित्र हत्या गर्ने एक युवा पक्राउ परेका छन् ।
प्रहरीले रौतहट देवाही गोनही नगरपालिका–५ टिकुलिया घर भएका २२ वर्षीय हरिहर प्रसाद यादवलाई बिहीबार मलेसियाबाट फर्किने क्रममा त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको हो ।
पीडित महिलाको बहिनी समेत भएको तस्विर प्रयोग गरी सामाजिक सञ्जालमा चरित्रहत्या हुने अश्लील शब्दहरू लेखी प्रसारण गर्नुका साथै पीडितका परिवारलाई समेत मानसिक तनाव, दुःख हैरानी दिने गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले यादवलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय समन्वय र सहयोगमा मलेसियाबाट नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट साइबर व्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप भई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७९ फागुन ५ शुक्रवार १५:५८ मा प्रकाशित






























