काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय महाशिवरात्रीलाई मध्यनजर गर्दै ट्राफिक रुट सार्वजनिक गरेको छ ।
भोली फागुन ५ गते शिवरात्रीको अवसरमा हुने भिड-भाडलाई मध्येनजर गर्दै दर्शनार्थीहरुका सवारी तथा अन्य सवारी साधनको व्यवस्थापनका लागि ट्राफिक रुट सार्वजनिक गरेको हो ।
जस अनुसार पार्किङका लागि सिफल चौर, गुहेश्वरी पारी, पशुपति विकास कोषको कार्यालय, तिलगंगा आँखा अस्पताल अगाडी, बनकाली क्षेत्र तोकिएको छ ।
ट्राफिक प्रहरीले दर्शनार्थीहरुको चापलाई मध्येनजर गर्दै विभिन्न नाकाहरुबाट आवस्यकता अनुसार डाइभर्सन गर्नुका साथै प्रवेशमा रोक लगाइने जनाइएको छ ।
त्यस्तै पुरानो बानेश्वर, रातोपुल, कालोपुल, मित्रपार्क, चाबहिल गौरीघाट, तिलगंगा र सिनामंगल क्षेत्रबाट सवारी साधनलाई पशुपति क्षेत्र प्रवेशमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७९ फागुन ५ शुक्रवार १६:२६ मा प्रकाशित






























