back
CTIZAN AD

लघुकथा : गरिबको सपना

वि.सं.२०७९ फागुन ६ शनिवार

987 

shares

एलपी पराजुली, काठमाडौं

‘शारीरिक रूपले अशक्त रहिछौ । तिमिलाई काममा राख्दिन । अन्तै काम खोज है ।’ मनमायाले खस्रो कुरा गरिन् ।

‘म जस्तो काम पनि गर्छु हजुर । कहिल्यै गुनासो गर्ने अवसर दिने छैन ।’ उजेलीले गहभरि आँशु पारेर याचना गरिन् ।

मनमायाले उजेलीको अनुहारमा विवशता पढिन् । गरिबिको पीडा याचनामा छचल्किएकाले चित्त नबुझे पनि मनमायाले उजेलीलाई घरधन्दाको काममा राखिन् ।

केहि दिनपछि तीन दिनसम्म उजेली काममा नआउँदा मनमायालाई समस्या प¥यो । आफैं घरधन्दामा जोतिनु परेपछि उजेलीप्रति मनमाया आक्रोशित थिइन् । चौथो दिन उजेली आएपछि मनमाया कड्किन् ।

‘मन छैन भने काम नगर बरू । यस्तो चालाले हुन्छ ? नआउने भएपछि खबर त गर्नपर्छ, एकदिन होइन दुईदिन होइन तीनतीन दिन नआएर म बुढीलाई हेप्ने ? काम नगर्ने भए हिसाब लिएर गैहाल ।’

‘हजुर म ठुलो समस्यामा परेर नआएकि हुँ …’

‘के समस्या ?’

‘ठुली छोरीलाई अचानक अस्पताल भर्ना गर्नुप¥यो । बिरामी कुर्ने कोहि नभएकोले अस्तिदेखि अस्पतालमै थिएँ । म सँग मोबाइल छैन । हजुरको नम्बर पनि थाहा थिएन त्यसैले खबर गर्न सकिनँ हजुर ।’

‘के भयो छोरीलाई ?’

‘आफू नपढेकै कारण उसले दुःख पाएर होला पहिलो सन्तानलाई धेरै पढाएर ठुलोमान्छे बनाउने रहर थियो उसको । त्यसैले दोस्रो सन्तान जन्मने बेलासम्म पनि उसले कडा परिश्रमको काम गर्न छोडिन् । साहूको घरमा लुगा धुँदा सात महिनाको गर्भ तुहियो । बच्चा त गयो गयो आमाकै ज्यान जोगाउन मुस्किल भयो । हामी गरिबले त आफ्ना सपना पूरागर्न पनि ज्यानको बाजी थाप्नुपर्छ । परिश्रमीको हात ईश्वरले समाउला कि भन्ने आस थियो तर त्यही परिश्रम सास खोस्ने बहाना भयो । निर्दयी ईश्वरले पनि गरिबको सपना पुरा हुन कहाँ दिँदो रहेछ र ?’

 

वि.सं.२०७९ फागुन ६ शनिवार ०८:५६ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...