back
CTIZAN AD

लघुकथा : गरिबको सपना

वि.सं.२०७९ फागुन ६ शनिवार

948 

shares

एलपी पराजुली, काठमाडौं

‘शारीरिक रूपले अशक्त रहिछौ । तिमिलाई काममा राख्दिन । अन्तै काम खोज है ।’ मनमायाले खस्रो कुरा गरिन् ।

‘म जस्तो काम पनि गर्छु हजुर । कहिल्यै गुनासो गर्ने अवसर दिने छैन ।’ उजेलीले गहभरि आँशु पारेर याचना गरिन् ।

मनमायाले उजेलीको अनुहारमा विवशता पढिन् । गरिबिको पीडा याचनामा छचल्किएकाले चित्त नबुझे पनि मनमायाले उजेलीलाई घरधन्दाको काममा राखिन् ।

केहि दिनपछि तीन दिनसम्म उजेली काममा नआउँदा मनमायालाई समस्या प¥यो । आफैं घरधन्दामा जोतिनु परेपछि उजेलीप्रति मनमाया आक्रोशित थिइन् । चौथो दिन उजेली आएपछि मनमाया कड्किन् ।

‘मन छैन भने काम नगर बरू । यस्तो चालाले हुन्छ ? नआउने भएपछि खबर त गर्नपर्छ, एकदिन होइन दुईदिन होइन तीनतीन दिन नआएर म बुढीलाई हेप्ने ? काम नगर्ने भए हिसाब लिएर गैहाल ।’

‘हजुर म ठुलो समस्यामा परेर नआएकि हुँ …’

‘के समस्या ?’

‘ठुली छोरीलाई अचानक अस्पताल भर्ना गर्नुप¥यो । बिरामी कुर्ने कोहि नभएकोले अस्तिदेखि अस्पतालमै थिएँ । म सँग मोबाइल छैन । हजुरको नम्बर पनि थाहा थिएन त्यसैले खबर गर्न सकिनँ हजुर ।’

‘के भयो छोरीलाई ?’

‘आफू नपढेकै कारण उसले दुःख पाएर होला पहिलो सन्तानलाई धेरै पढाएर ठुलोमान्छे बनाउने रहर थियो उसको । त्यसैले दोस्रो सन्तान जन्मने बेलासम्म पनि उसले कडा परिश्रमको काम गर्न छोडिन् । साहूको घरमा लुगा धुँदा सात महिनाको गर्भ तुहियो । बच्चा त गयो गयो आमाकै ज्यान जोगाउन मुस्किल भयो । हामी गरिबले त आफ्ना सपना पूरागर्न पनि ज्यानको बाजी थाप्नुपर्छ । परिश्रमीको हात ईश्वरले समाउला कि भन्ने आस थियो तर त्यही परिश्रम सास खोस्ने बहाना भयो । निर्दयी ईश्वरले पनि गरिबको सपना पुरा हुन कहाँ दिँदो रहेछ र ?’

 

वि.सं.२०७९ फागुन ६ शनिवार ०८:५६ मा प्रकाशित

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...

कविता : जिब्रो बटार्ने सिसी

कविता : जिब्रो बटार्ने सिसी

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी निस्के बाघ बनेर...